News Category 2074/12/12
मन्त्रीद्वयद्वारा प्रदेश निर्माणका लागि मिलेर काम गर्ने प्रतिवद्धता
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
नेपाल वैश्य युवा समाज सप्तरीले प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भुमि ब्यवस्था, कृषि तथा शहकारी मन्त्री शैलेन्द्र साहलाई सम्मान गरेको छ ।
राजपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका नवलकिशोर साह सप्तरीको निर्वाचन क्षेत्र नं. १ को १ वाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भई मन्त्री वनेका हुन् भने संघिय समाजवादी फोरम नेपालको राजनितिक समितिका सदस्य रहेका साह निर्वाचन क्षेत्र नं. २ को १ बाट निर्वाचित भई मन्त्री वनेका हुन् ।
समाजको पहिलो जिल्ला अधिवेशनमा सहभागि भएका मन्त्रीद्वयले समृद्ध प्रदेश निर्माणका लागि मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । दुवै मन्त्रीले वैश्य समुदायलाई जातिय उत्थानसँगै प्रदेश २ लाई समृद्ध वनाउने दिशामा संगठित भई काम गर्न आग्रह गर्दै आफुहरुले श्रोत साधन र क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
नेपाल वैश्य समाज सप्तरीका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा आयोजित अधिवेशन उदघाटन समारोहमा संचार र समाजिक क्षेत्रमा योगदान पु¥याउने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । संचारतर्फ धिरेन्द्र प्रसाद साह, मनोजकुमार माझी, संजिव विक्रम साह र विरेन्द्र साहलाई तथा सामाजिक क्षेत्रतफ डोमन साह, नेत्रविक्रम साह र सुनिता साहलाई सम्मान गरिएको थियो ।
अधिवेशनले आगामी ३ वर्षका लागी नयाँ नेतृत्वको चयन गर्नुका साथै संगठनलाई कसरी विस्ता गर्ने लगायतका विषयमा समेत केन्द्रित हुने समाजका अध्यक्ष साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ