News Category 2074/12/13
बलात्कारीलाई कडा कारवाही गर्न माँग
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
सप्तरीमा बलात्कार तथा यौनजन्य घटनाहरु बढ्दै गएको भन्दै त्यसको बिरुद्धमा सोमबार महिलाहरुले एक ¥याली निकाल्दै खबरदारी गरेका छन् । उनीहरुले महिलामाथि हुने सबैखाले हिंसा अन्त्य हुनुपर्ने भन्दै बलात्कारीलाई कडा कारवाहीको माँग समेत गरेका छन् ।
महिला मानव अधिकार रक्षक सञ्जाल, सप्तरी युथ नेपाल सहितका संघ संस्थाको सहकार्यमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु भएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । परिक्रमा पश्चात् आयोजित कोणसभामा वक्ताहरुले महिलामाथि गर्ने हिंसाका अपराधिलाई कडा भन्दा कडा कारवाही गर्न माँग गरेका छन् ।
सभामा इन्सेक प्रतिनिधि मनोहर पोखरेल, पत्रकार महासंघकी उपाध्यक्ष सुधा देव, मैथिली महिला परिषदकी सचिव पिंकी झा, स्वास्थ्यकर्मी सुनिता यादव, करुणा झा, राजविराज नगरपालिका ५ का सदस्य पार्थो सरकार, सप्तरी युथका अमर यादव लगायतले महिलामाथी हुने हिंसामा संलग्न अपराधीलाई कुनै पनि दबाबमा रिहा नगर्न आग्रह गरे ।
गत फागुन महिनामा मात्र सप्तरीमा ८ वटा बलात्कारका घटनाहरु भएको थियो । तर, ती घटनाका राजनैतिक पहुँच र आर्थिक चलखेलका कारण आरोपितहरु छुटदै गएकोप्रति महिलाहरुले आक्रोस व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ