News Category 2074/12/15
सहकारी संस्थाहरुलाई कृषि क्षेत्रमै अधिकांश लगानी गर्न सुझाव
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश नं. २ कृषि क्षेत्रमै निर्भर रहेकोले यस क्षेत्रको विकासका लागि कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधबार राजविराजमा आयोजना गरेको अन्तरक्रियामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै मन्त्री साहले मुलुकको संघीयता प्रदेश नं. २ मै निर्भर रहेकोले यस प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश सरकार हरसम्भव कटिबद्ध रहने उल्लेख गरे ।
उनले प्रदेश २ मा रहेका सहकारी संस्थाहरुलाई समेत व्यवस्थित गरि सहकारी संस्थाहरुलाई कृषि क्षेत्रमै अधिकांश लगानी गर्न सुझाव समेत दिएका छन् । मन्त्री साहले अब निर्माण हुने प्रदेश सहकारी ऐन सहकारी संस्थाहरुको हकहितमै रहेर निर्माण हुने प्रतिबद्धता समेत व्यक्त गरे ।
यता आयोजित अन्तरक्रियामा वक्ताहरुले सहकारी संस्थाहरुले न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराई कृषि क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले हाल सहकारी संस्थाहरुले सहकारी ऐन विपरीत कृषि भन्दा बाहिर रहेर अन्य क्षेत्रमा लगानी गरिरहेकोप्रति मन्त्री साहलाई ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सहकारी बैंक राजविराजका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतमा आयोजित अन्तरक्रियामा राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालयका संचालक ज्ञान बहादुर तामाङ, तालिम प्रमुख रामबाबु आचार्य, राजविराज नगरपालिका प्रमुख शम्ुभ प्रसाद यादव, बैंकका राजविराज शाखा प्रमुख विप्लव कर्ण, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
यस्तै अन्तरक्रियामा विभिन्न सहकारी संस्थाहरुका तर्फबाट गजेन्द्र कुमार मण्डल, सुनिल कुमार झा, विद्यानन्द चौधरी, मनाई महतो, शिवनारायण साह, सुगम्बर यादव लगायतले सहकारी संस्थाहरुको उत्थान, विकास बारे आ–आफ्नो सुझाव दिएका थिए ।
यसैबीच मन्त्री साहलाई राष्ट्रिय सहकारी बैंक राजविराजका अध्यक्ष विश्वनाथ मण्डलले दोसल्ला तथा मायाको चिनो प्रदान गरेर सम्मानित समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ