News Category 2074/12/16
दुई गाउँपालिका खुला दिसा मुक्त एवं पूर्ण खोप घोषणा
दैनिक समाचारदाता
राजविराज १५ चैत ।
सप्तरी जिल्लालाई चैत महिनाभित्र खुला दिसामुक्त घोषणा गर्ने अभियान अन्तरगत १८ वटै स्थानिय तहलाई क्रमशः खुल्ला दिसा मुक्त घोषणा गरिँदै छ ।
सोही अभियानका क्रममा बिहीबार जिल्लाका दुई वटा गाउँपालिका९ख्स् तथा एक गाउँपालिकाको एउटा वडालाई खुला दिसा मुक्त एवं पूर्ण खोप घोषणा गरिएको छ । यो सँगै जिल्लाको १८ मध्ये १७ वटा स्थानिय तह खुला दिसा मुक्त एवं पूर्ण खोप युक्त घोषणा भएको छ । यसैबीच बिहीबार जिल्लाको तिरहुत गाउँपालिका, बेल्ही चपेना गाउँपालिका र बलान विहुल गाउँपालिका वडा नं. ५ रामनगर कोदरकट्टीलाई खुला दिसा मुक्त घोषणा गरिएको छ ।
यता तिरहुत गाउँपालिकामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले चार किल्ला प्रमाणित गर्दै गाउँपालिकालाई खुला दिसा मुक्त एवं पूर्ण खोप घोषणा गरे ।
आयोजित घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त बहरखेर, जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादवलगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै बेल्ही चपेनालाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख लोकेन्द्र यादवले चार किल्ला प्रमाणित गर्दै गाउँपालिकालाई खुला दिसा मुक्त एवं पूर्ण खोप घोषणा गरे ।
यता बुधबार एकै दिन पाँच नगरपालिका र दुई गाउँपालिका तथा एक गाउँपालिकाको दुई वटा वडालाई खुला दिसा मुक्त घोषणा गरिएको थियो । जिल्लाको राजविराज नगरपालिका, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका र खडक नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका र बलान विहुल गाउँपालिकाको दुई वटा वडालाई खुला दिसामुक्त घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ