News Category 2074/12/16
ट्रेड युनियन काँग्रेसमा पुनः मनोज मण्डल
दैनिक समाचारदाता
राजविराज १५ चैत ।
नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस सप्तरीको सम्पन्न छैठो जिल्ला अधिवेशनले पुनः मनोज कुमार मण्डलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । गठित समितिको उपाध्यक्ष खुल्लामा विन्देश्वर मण्डल, उपाध्यक्ष (महिला) मा मुन्ना पोखरेल, उपाध्यक्ष सेवा क्षेत्रमा मनोज कुमार माझी, उपाध्यक्ष उत्पादन क्षेत्रमा मिश्रीलाल यादव, उपाध्यक्ष अनौपचारिक क्षेत्र तर्फ नागेश्वर यादव, सचिवमा राम प्रसाद यादव, सहसचिवमा सेखिन लाल दास, कोषाध्यक्षमा संजय कुमार भगत, सदस्यहरुमा मन्नु देव, उदयनन्द ठाकुर, श्याम सुन्दर साह, मो. अफताव, अनवर अली, रिता शर्मा लगायतलाई चयन गरिएको ट्रेड युनियन काँग्रेस निर्वाचन समिति सप्तरीले जनाएको छ ।
यसअघि जिल्ला अध्यक्ष मनोज कुमार मंडलको अध्यक्षतामा सम्पन्न अधिवेशनका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य भोगेन्द्र झाले टे«ड युनियन सँग आवद्ध रहेको संस्थाहरुले संगठित भई कार्य गर्न आग्रह गरेका थिए । श्रमको योगदानको कदर गर्दै बर्तमान अवस्थामा श्रमको सम्मान गरी स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा श्रमीकहरुलाई सेवा सुविधा उपलव्ध गराउनु पर्ने बताए ।
सम्पन्न अधिवेशनमा बिशिष्ठ अतिथि प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरी, पुर्व सभासदद्वय डा. सुवोध पोखरेल, रंजित कर्ण, श्रमीक संघका केन्द्रीय उपाध्यक्ष उमेश कुमार मिश्र, युनियनका केन्द्रीय पुर्व उपाध्यक्ष राधाकान्त देव, शिक्षक संघका केन्द्रीय सहमहासचिव परशुराम यादव, नेपाली काँग्रेस राजविराजका नगरसभापति शम्भुलाल देव, नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्र कुमार मंडल, प्रेस युनियन सप्तरीका ओम प्रकाश साह लगायतले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ