News Category 2074/12/19
नेपालमा भारतको सहकार्य आवश्यक ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा भारतको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
संघीय प्रेस फोरम सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताउँदै नेपालको विकासका लागि भारतलाई विकासको पार्टनरको रुपमा सम्झनु पर्ने बिचार व्यक्त गर्नुभयो । भारत तथा चीन जस्ता दुई ठूला छिमेकी मुलुकसित आपसी समझदारी कायम गरेर विकासको क्षेत्रमा अघि बढ्नु नेपालकालागि हितकर हुने उहाँको धारण छ ।
सोही पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयताले देश समृद्ध हुने बताउँदै अब नेपालमा संघीयता बाहेकको विकल्प नरेहको बताउनुभयो । उहाँले मुलुकमा संघीयता समस्या नभएर समाधान हो भन्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड समेत दिनुभयो ।
यता अधिकार सम्पन्न प्रदेश निर्माणका लागि प्रदेश सरकारलाई आफ्नै कानुन बनाउने अधिकार दिनुपर्ने माँग गर्दै अनिमात्र प्रदेश विकसीत र प्रगतिको तर्फ अगाडी बढ्ने उहाँले जिकिर गर्नुभयो । संविधान संशोधन वा कानुन बनाएर भएपनि प्रदेश सरकारलाई अधिकार, शक्ति र श्रोत प्रदान गर्नु पर्ने उहाँले सुझाव दिँदै अहिलेको प्रदेश सरकार त्रिशंकु जस्तो माथी जान नसक्ने र तल झर्न नसक्ने अवस्थामा रहेको जिकिर गर्नुभयो ।
उहाँले जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा प्रदेशमा बजेट व्यवस्था गर्नु पर्ने बताउँदै सुरक्षा निकाय तथा कर्मचारी अझै पनि प्रदेश मातहत नआएकोले अब पनि केन्द्र सरकारले पुरानो मानसिकता पालेर काम नचल्ने उल्लेख गर्नुभयो ।
यस्तै युरोपेली युनियनले हालै सार्वजनिक गरेका निर्वाचन पर्यवेक्षण प्रतिवेदनलाई सार्थक बताउँदै अध्यक्ष यादवले बरु सरकारले त्यसका बिरुद्ध विज्ञप्ति निकालेर कुटनीतिक रुपमा असफलता प्रदर्शन गरेको टिप्पणी समेत गर्नुभयो । यस्तै संबिधान संशोधन तथा आफूहरुले उठाएका मुद्दा संबोधनको ग्यारेण्टी नभईकन यथास्थितिमा सरकारमा जान नसकिने उहाँले जवाफ दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ