News Category 2074/12/19
बास्तविक बाढीपीडितले राहत नपाएको भन्दै चार दिनदेखी वडा कार्यालयमा तालबन्दी
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
बाढी पीडितहरुको राहतमा अनियमितता गरेको भन्दै राजविराज वडा नं. ५ स्थित कार्यालयमा विगत चार दिनदेखी गरिएको तालाबन्दी आइतबार पनि यथावतै रहेको छ ।
बाढी पीडितहरुलाई दिईने सरकारी राहतमा वडा कार्यालयका कर्मचारी एवं जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै सो वडा कार्यालयमा बिहीबरदेखी तालाबन्दी गरिएको हो ।
बाढी पीडितहरुको नामावलीमाथि आवश्यक छानविन हुनुपर्ने, अनियमितता गर्ने दोषी कर्मचारी तथा पदाधिकारीहरु माथि कारवाही गरिनुपर्ने, बास्तविक पीडितहरुलाई राहत बाँडिनुपर्ने, सरकारी राहतको दुरुपयोग रोकिनुपर्ने जस्ता मागहरु अघि सारेका छन् । माग पुरा नभए तालाबन्दी जारी राखी सशक्त आन्दोलन गर्ने चेतावनी समेत आन्दोलनकारीहरुले दिएका छन् ।
यता आइतबार सोको बिरोधमा बाढी पीडितहरुले राजविराजमा विरोध ¥याली समेत निकालेका छन् । तत्कालिन वडा सचिव दिपेन्द्र रोशन, नव निर्वाचित वडा सदस्यहरु पार्थो सरकार र संगीता कर्णविरुद्ध चर्को नाराबाजी गर्दै वडा कार्यालय पुगेका स्थानीयवासीले वडा अध्यक्ष समिर झालाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका थिए ।
बाढीबाट डुबान नभए पनि रोशन, सरकार र कर्णले आफ्नो र आफन्त सबैका घरहरु पूर्ण क्षति भएको बाढी पीडितको सूचीमा पारेका छन् । एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चार जनाको नाम छुट्टा–छुट्टै र क्षति नभएका पक्की घरहरु पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरु सामान्य क्षतिमा पारेको स्थानीय दिपेश यादवको भनाइ छ ।
गएको साउन महिनाको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिणी–पश्चिमी भेग पूर्ण प्रभावित बनेको थियो । नेपाल सरकारले बाढीवाट पुर्ण रुपमा घर क्षति भएका परिवारहरुलाई २५ हजारका दरले राहत उपलब्ध गराउन वडा कार्यालयमा रकम पठाएको छ ।
यता स्थानीय तहको चुनाव अघि नै तत्कालिन वडा सचिवले गरेको सिफारिशका नामहरु गल्ती भएको स्विकार गर्दै वडा अध्यक्ष समिर झाले समेत सच्याउनु पर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ