News Category 2074/12/19
बास्तविक बाढीपीडितले राहत नपाएको भन्दै चार दिनदेखी वडा कार्यालयमा तालबन्दी
दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
बाढी पीडितहरुको राहतमा अनियमितता गरेको भन्दै राजविराज वडा नं. ५ स्थित कार्यालयमा विगत चार दिनदेखी गरिएको तालाबन्दी आइतबार पनि यथावतै रहेको छ ।
बाढी पीडितहरुलाई दिईने सरकारी राहतमा वडा कार्यालयका कर्मचारी एवं जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै सो वडा कार्यालयमा बिहीबरदेखी तालाबन्दी गरिएको हो ।
बाढी पीडितहरुको नामावलीमाथि आवश्यक छानविन हुनुपर्ने, अनियमितता गर्ने दोषी कर्मचारी तथा पदाधिकारीहरु माथि कारवाही गरिनुपर्ने, बास्तविक पीडितहरुलाई राहत बाँडिनुपर्ने, सरकारी राहतको दुरुपयोग रोकिनुपर्ने जस्ता मागहरु अघि सारेका छन् । माग पुरा नभए तालाबन्दी जारी राखी सशक्त आन्दोलन गर्ने चेतावनी समेत आन्दोलनकारीहरुले दिएका छन् ।
यता आइतबार सोको बिरोधमा बाढी पीडितहरुले राजविराजमा विरोध ¥याली समेत निकालेका छन् । तत्कालिन वडा सचिव दिपेन्द्र रोशन, नव निर्वाचित वडा सदस्यहरु पार्थो सरकार र संगीता कर्णविरुद्ध चर्को नाराबाजी गर्दै वडा कार्यालय पुगेका स्थानीयवासीले वडा अध्यक्ष समिर झालाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका थिए ।
बाढीबाट डुबान नभए पनि रोशन, सरकार र कर्णले आफ्नो र आफन्त सबैका घरहरु पूर्ण क्षति भएको बाढी पीडितको सूचीमा पारेका छन् । एउटै व्यक्तिको नाम दुई पटक, एउटै परिवारका चार जनाको नाम छुट्टा–छुट्टै र क्षति नभएका पक्की घरहरु पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरु सामान्य क्षतिमा पारेको स्थानीय दिपेश यादवको भनाइ छ ।
गएको साउन महिनाको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिणी–पश्चिमी भेग पूर्ण प्रभावित बनेको थियो । नेपाल सरकारले बाढीवाट पुर्ण रुपमा घर क्षति भएका परिवारहरुलाई २५ हजारका दरले राहत उपलब्ध गराउन वडा कार्यालयमा रकम पठाएको छ ।
यता स्थानीय तहको चुनाव अघि नै तत्कालिन वडा सचिवले गरेको सिफारिशका नामहरु गल्ती भएको स्विकार गर्दै वडा अध्यक्ष समिर झाले समेत सच्याउनु पर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ