News Category 2074/12/20
मानव बस्तिस्थित पोखरीमा फेला प¥यो गोही
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
गोही एउटा यस्तो जिव हो जो पानीमा बस्न रुचाउँछ । पानी भन्ने वित्तिकै बगिरहने पानी अर्थात नदीमा प्राय पाइने यो जिव मानव बस्तिस्थित पोखरीमा फेला परेको भन्दा जो कोही पनि एकक्षण आश्चर्यमा पर्न सक्छन् ।
हो, सोमबार दिउँसो एउटा गोही सप्तरीको एक पोखरीमा जिवित्तै फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका योगिनियास्थित बस्ति नजिकै रहेको एक पोखरीमा फेला परेको हो ।
पोखरीमा माछा मार्न हालिएको महाजालमा एउटा ठूलो माछा परेको भन्दै नजिक गएर स्थानियहरुले देखेपछि एकक्षण त्रसित भएका थिए । माछासँगै ठूलो जिव जालोमा परेपछि स्थानियहरु तुरुन्त प्रहरीलाई खबर गरेका थिए । प्रहरी पोखरीमा पुगेपछि सो जिव गोही भएको भन्दै जिल्ला वन कार्यालय सप्तरीलाई खबर गरेका थिए ।
वन कार्यालयबाट गएको एक टोलीले गोहीलाई आफ्नो नियन्त्रणमा लिई राजविराजस्थित कार्यालयमा ल्याएको कार्यालयका प्रमुख धिरेन्द्र सिंहले जानकारी दिए ।
कार्यालयमा ल्याइएको गोहीको तौल करिब ३२ किलो, लम्बाई ५ फिट १० इन्च र मोटाई २७ इन्च रहेको कार्यालय प्रमुख सिंहले बताए ।
बगिरहने पानीमा मात्र फेला पर्ने गोही पोखरीमा कसरी फेला परेको भन्ने विषयमा प्रमुख सिंहसँग जिज्ञासा राख्दा उनले भने, “गत साउन, भदौ महिनामा जिल्लामा आएको बाढीको बेला कोशीबाट बगेर आएको हुन सक्छ ।” उनले भने, “गोही अत्यन्त चलाख जिव भएकोले भिंडभाड भएको अवस्थामा यो पानीबाट हतपत निस्कदैन् ।”
झण्डै आठ महिनासम्म पोखरीमा रहेको बेला कसैले नदेख्नु पनि आश्चर्य रहेको भन्दै स्थानियहरुले सो अवधीमा झण्डै एक सय वटा हाँस सोही पोखरीबाट हराएको बताएका छन् । हाँस हराएको सम्बन्धमा स्थानियहरुले एक अर्कालाई चोरी गरेको आरोप समेत लगाउँदै आएका थिए । तर, सोमबार गोही पोखरीबाट फेला परेपछि हराएको हाँस सोही गोहीले खाएको हुनसक्ने आंशका समेत पुष्टि भएको स्थानियहरु बताउँछन् ।
यता जिल्ला वन कार्यालय सप्तरीले ल्याइएको गोहीलाई सोमबार साँझ कोशी ब्यारेजमा लगेर छोडिएको प्रमुख सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ