News Category 2074/12/20
जातीय संस्थाहरु बिच आन्तरिक एकता बलियो बनाउने भन्दै चित्रगुप्तको स्वर्ण जयन्ती सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
चित्रगुप्त सेवा समिति सप्तरी स्थापना भएको ५० वर्ष पुगेको अवसरमा मनाइएको स्वर्ण जयन्ती वर्ष महोत्सव चार बुँदे घोषणा पत्र जारि गर्दै सफलतापूवर्क सम्पन्न भएको छ ।
देशको वर्तमान संघीय संरचना अनुरुप नेपालमा राष्ट्रिय स्तरमा एक चित्रगुप्त महासंघको स्थापना आउँदो २०७५ वर्ष भित्र गर्ने जनाउँदै सम्मेलनबाट देशभरिका जातीय संस्थाहरु बिच समन्वय गर्ने र आन्तरिक एकता बलियो बनाउने प्रयास गर्ने घोषणा समेत गरिएको छ ।
यस्तै कायस्थ समुदायसहित अन्य समुदायमा रहेको दहेज प्रथा, बालविवाह, बहुविवाह तथा अन्य कुरितीहरुलाई रोक्ने प्रयासका लागि जनचेतनामूलक कार्यक्रम अगाडी ल्याई कार्यान्वयन गरिने, कायस्थ जातीमा रहेको पारम्पारिक पञ्जिकरण प्रथालाई पुनरावलोकन गरी नयाँ अभिलेखिकरण आधुनिक प्रविधिमा आधारित भई काम गर्ने र मैथिली भाषाको संरक्षण सम्वद्र्धन गर्नका लागि विद्यालय स्तरबाटै मिथिलाक्षर (तिरहुता लिपी), कैथी लिपिको पाठ्यक्र बनाई सम्बन्धीत निकाय संग समन्वय गरी कार्यान्वयन गराउन अग्रसरता लिइने जारि घोषणा पत्रमा उल्लेख छ ।
महोत्सव सम्पन्नको अवसरमा सोमबार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष अशोक कुमार कर्णले महोत्सवले ऐतिहासिक उपलब्धी हासिल गरेको जानकारी दिए ।
उनले सम्पन्न महोत्सवमा नेपालका १५ जिल्लाका कायस्थ जातिहरुको “चित्रगुप्त” नामधारी संगठनका प्रतिनिधि र पर्यवेक्षक, भारत बिहार राज्यका २ जिल्लाका संस्थागत तथा स्थानीय जिल्लाका गरी ५ सय भन्दा अधिकको सहभागिता रहेको जानकारी दिए ।
चैत १७ गतेदखी सुरु भएको स्वर्ण जयन्तीको प्रदेश नम्बर २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थद्वारा उद्घाटन गरिएको थियो भने महोत्सवको समापन भारतको बिहार राज्यको पटनाका “नव चेतना चित्रगुप्त परिषद” का महासचिव राजेश कुमार कण्ठको प्रमुख आतिथ्यमा आइतबार राती सम्पन्न भएको समितिका महासचिव सतिश कुमार दत्तले जनाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ