News Category 2074/12/20
धर्मको नाममा कसैले राजनीति गर्नु हुदैन् ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको छिन्नमस्ता शक्तिपीठमा सोमबार देखि शुरू भएको दश महाबिद्या सह रुद्र महायज्ञको उदघाटन गर्दै जाति र धर्मको नाममा कसैले पनि राजनीतिक गर्नु नहुने सुझाव दिएका छन् ।
फोरम अध्यक्ष यादवले मुलुक धर्म निर्पेक्षता भइसकेको अवस्थामा कसैले धर्म र जातिको नाममा कुनै पनि विवादको गर्नु नहुने बताए ।
सबै धर्मको रक्षा र स्वाभिमानका लागी एक आपसमा सदभाव कायम राख्नु पर्नेमा उनले जोड दिए । उनले धर्म र जातिको नाउँमा कसैलाई विभेद नगर्न सुझाव दिए ।
मुलुककै प्रसिद्घ शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिदै अध्यक्ष यादवले यसका लागी आफुले पहल र सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश नं. २ का कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ