News Category 2074/12/22
सप्तरी खुल्ला दिशामुक्त तथा पूर्ण खोप जिल्ला घोषित
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरीका १८ वटै स्थानिय तहको प्रमाणिकरण पश्चात् बुधबार सदरमुकाम राजविराजमा आयोजित एक समारोहमा जिल्लालाई खुल्ला दिसा मुक्त तथा पूर्ण खोप घोषणा गरिएको छ ।
प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सप्तरी जिल्लाको चार किल्ला प्रमाणित गरि खुल्ला दिशा मुक्त तथा पूर्ण खोप घोषणा गरेका छन् । यो सँगै सप्तरी प्रदेश नं. २ को दोश्रो तथा नेपालको ४९ औं खुल्ला दिसा मुक्त घोषित जिल्ला भएको छ ।
घोषणा सभामा प्रमुख अतिथिका रुपमा सहभागी भएका मन्त्री सोनलले खुल्ला दिसा मुक्त घोषणा सँगै सप्तरीको विकास निर्माण र पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । खुल्ला दिशामुक्त र पूर्ण खोप सुनिश्चत जिल्ला घोषणा भएकोमा सप्तरीबासीलाई धन्यवाद दिदै मन्त्री सोनलले नियमति अनुगमन गरी कार्यान्वयनमा कडाई गर्न सम्बद्घ निकायलाई सुझाव समेत दिए ।
जिल्लाका सबै ९ नगर र ९ गाउँपालिकाका बासीन्दाले चर्पी निर्माण तथा लक्षित बालबालिकाले खोप सेवा प्राप्त गरि सकेका तथा जिल्लाका कुल १ लाख १९ हजार ६ सय ८२ घर धुरीमै चर्पी निर्माणको अनुगमन पश्चात् प्रमाणित भएकाले खुल्ला दिशामुक्त तथा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला खानेपानी तथा सरसफाई समितिका सदस्य सचिव लोकेन्द्र कुमार यादवले जानकारी दिए ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित घोषणा सभामा सप्तरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्य, जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारवादी, संचारकर्मी, कर्मचारी, उद्योगी व्यवसायी, नगारिक समाज, विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि लगायतको उत्साहजनक सहभागी थियो ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको आयोजनामा स्थानिय रंगशालामा आयोजित समारोहमा विभिन्न जातजातीको भेषभूषामा कला संस्कृति झल्किने झाँकी र नाच गान प्रस्तुत गरिएको थियो ।
घोषणा सभामा खुल्ला दिशामुक्त तथा पूर्ण खोप सुनिश्चित अभियानमा सहयोग पु¥याएवापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ