News Category 2074/12/22
हालै संचालनमा आएको प्रसुति गृहमा पहिलो बच्चाको जन्म
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
हालै संचालनमा आएको सप्तरीको सुरुङ्गा नगरपालिका १ पिप्रा–पश्चिमस्थित स्वास्थ्य चौकी प्रसुति गृहमा मंगलबार पहिलो बच्चाको सकुशल जन्म भएको छ ।
सुरुङ्गा १ भेडिया निवासी रोशन चौधरी र चन्द्रिका चौधरीको दोश्रो सन्तानको रुपमा चैत्र २० गते विहान ७ः२५ बजे सकुशल छोरीको जन्म भएको प्रसुति गृहकी अनमी सिता श्रेष्ठले जानकारी दिइन् ।
अनमी श्रेष्ठले बच्चा जन्मिने बेलामा कुनै अप्ठ्यारो अवस्था नआएको र बच्चा पनि स्वस्थ रहेको तथा बच्चाको तौल ३ केजी ३ सय ग्राम रहको बताइन् ।
सबल नेपालद्वारा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्सरशिप परियोजना अन्तर्गत फाल्गुन २४ गते प्रसुति गृहको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा सुरुङ्गा १ का वडाध्यक्ष मुक्तीकुमार कार्कीले प्रसुति गृहमा जन्मिने पहिलो पचास जना बच्चाको लागि सरकारले दिदै आएको प्रोत्साहन रकममा १ हजार रुपैयाँ थप पुरस्कार र बेबी सेट लुगा उपलब्ध गराउने घोषणा समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ