News Category 2074/12/26
सीमा क्षेत्र नजिक भण्डारण गरि राखिएको मदिरा बरामद, एक नेपाली र पाँच भारतीय पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
भारतीय सीमा क्षेत्र नजिकै भण्डारण गरि राखिएको झण्डै १० लाख मुल्य बराबरको विभिन्न ब्राण्डका मदिरा शनिबार राती सप्तरी प्रहरीले बरामद गरेको छ । मदिरा बरामदसँगै प्रहरीले एक नेपालीसहित पाँच भारतीय नागरिक गरि ६ जनालाई पक्राउ समेत गरेको छ ।
भण्डारण गरिएको मदिरा मोटरसाइकलको प्रयोग गरि भारततर्फ मदिरा ओसार पोसार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा परिचालित टोलीले सप्तरीको बेल्ही चपेना गाउँपालिका बरदाही नाका क्षेत्रबाट मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाको बेल्ही चपेना गाउँपालिका ६ का ४० वर्षिय पुतुल सिंह भनिने सन्तोष कुमार सिंह, भारतको मधुवनी जिल्ला महादेवमण्ठ ग्राम पञ्चायतका २६ वर्षिय पवन यादव, भुतहा ग्राम पञ्चायतका मुकेश मण्डल, मधुवनी जिल्ला घडिया ग्राम पञ्चायतका २५ वर्षिय बिरेन्द्र साह, बेल्हा मझौरा ग्राम पञ्चायतका २८ वर्षिय बैजु मण्डल र छातापुर ग्राम पञ्चायतका २९ वर्षिय सुरेन्द्र यादव रहेका छन् ।
प्रहरी निरिक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट भारतीय नम्बर प्लेट भएका ६ वटा मोटरसाइकलका साथै भारततर्फ रातीको समयमा लुकीछिपी लिएर जाँदै गरेको करिब १० लाख मुल्य बराबरको मदिरा बरामद गरिएको जानकारी दिए ।
बरामद गरिएका मदिराहरुमा ड्राइगन बियर, भर्जिन, गोल्डेन वाक, दिलवाले, भोड्का ब्राण्ड लगायतका मदिरा छन् । पक्राउ परेका सबैलाई तस्करीका लागि प्रयोग गरिएका मोटरसाइकल र मदिरासहित आवश्यक कारवाहीका लागि आइतबारै राजविराज भन्सार कार्यालय बेल्ही चलान गरिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । उनले सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोक्न नाका क्षेत्रमा कडा निगरानी थालिएपछि एकपछि अर्को सफलता मिल्दै गएको बताए ।
भारतको बिहार राज्यमा मदिरा बिक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाइएकाले खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरु रातीको समयमा साइकल र मोटरसाइकलको प्रयोग गरि मदिरा सीमावर्ती भारतीय बजारमा पु¥याउने गरेको खुलेको छ । सो वापत तस्कारहरुले मदिराको खरी मुल्य भन्दा दोब्बर मूल्य भारतीय ब्यापारीहरुबाट पाउने गरेका छन् ।
केही दिनअघि पनि प्रहरीले कुनैली नाकाबाट भारततर्फ चोरी निकासी गरि लैजादै गरेको करिब १५ लाख मूल्य बराबरको चाइनिज स्याउ तथा पातो नाकाबाट २ लाख मूल्य बराबरको मदिरासहित आधा दर्जन तस्करहरुलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ