News Category 2074/12/26
सीमा क्षेत्र नजिक भण्डारण गरि राखिएको मदिरा बरामद, एक नेपाली र पाँच भारतीय पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
भारतीय सीमा क्षेत्र नजिकै भण्डारण गरि राखिएको झण्डै १० लाख मुल्य बराबरको विभिन्न ब्राण्डका मदिरा शनिबार राती सप्तरी प्रहरीले बरामद गरेको छ । मदिरा बरामदसँगै प्रहरीले एक नेपालीसहित पाँच भारतीय नागरिक गरि ६ जनालाई पक्राउ समेत गरेको छ ।
भण्डारण गरिएको मदिरा मोटरसाइकलको प्रयोग गरि भारततर्फ मदिरा ओसार पोसार भइरहेको गोप्य सूचना पाएपछि प्रहरी निरिक्षक हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा परिचालित टोलीले सप्तरीको बेल्ही चपेना गाउँपालिका बरदाही नाका क्षेत्रबाट मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाको बेल्ही चपेना गाउँपालिका ६ का ४० वर्षिय पुतुल सिंह भनिने सन्तोष कुमार सिंह, भारतको मधुवनी जिल्ला महादेवमण्ठ ग्राम पञ्चायतका २६ वर्षिय पवन यादव, भुतहा ग्राम पञ्चायतका मुकेश मण्डल, मधुवनी जिल्ला घडिया ग्राम पञ्चायतका २५ वर्षिय बिरेन्द्र साह, बेल्हा मझौरा ग्राम पञ्चायतका २८ वर्षिय बैजु मण्डल र छातापुर ग्राम पञ्चायतका २९ वर्षिय सुरेन्द्र यादव रहेका छन् ।
प्रहरी निरिक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट भारतीय नम्बर प्लेट भएका ६ वटा मोटरसाइकलका साथै भारततर्फ रातीको समयमा लुकीछिपी लिएर जाँदै गरेको करिब १० लाख मुल्य बराबरको मदिरा बरामद गरिएको जानकारी दिए ।
बरामद गरिएका मदिराहरुमा ड्राइगन बियर, भर्जिन, गोल्डेन वाक, दिलवाले, भोड्का ब्राण्ड लगायतका मदिरा छन् । पक्राउ परेका सबैलाई तस्करीका लागि प्रयोग गरिएका मोटरसाइकल र मदिरासहित आवश्यक कारवाहीका लागि आइतबारै राजविराज भन्सार कार्यालय बेल्ही चलान गरिएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् । उनले सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोक्न नाका क्षेत्रमा कडा निगरानी थालिएपछि एकपछि अर्को सफलता मिल्दै गएको बताए ।
भारतको बिहार राज्यमा मदिरा बिक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाइएकाले खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरु रातीको समयमा साइकल र मोटरसाइकलको प्रयोग गरि मदिरा सीमावर्ती भारतीय बजारमा पु¥याउने गरेको खुलेको छ । सो वापत तस्कारहरुले मदिराको खरी मुल्य भन्दा दोब्बर मूल्य भारतीय ब्यापारीहरुबाट पाउने गरेका छन् ।
केही दिनअघि पनि प्रहरीले कुनैली नाकाबाट भारततर्फ चोरी निकासी गरि लैजादै गरेको करिब १५ लाख मूल्य बराबरको चाइनिज स्याउ तथा पातो नाकाबाट २ लाख मूल्य बराबरको मदिरासहित आधा दर्जन तस्करहरुलाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ