News Category 2074/12/27
आगलागिमा ३० लाख बराबरको क्षति, ट्याक्टर र फर्निचर उद्योग पूर्णरुपमा नष्ट
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा आइतबार राती र सोमबार बिहान भएको आगलागिमा एक ट्रयाक्टर र फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ । सो आगलागिमा ३० लाख बराबरको क्षति भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका १ मा सोमबार बिहान आगलागी हुँदा एउटा ट्रयाक्टर पुर्णरुपमा जलेर नष्ट भएको छ ।
स्थानियबासी मिश्रीलाल यादवको स.१त ५७०८ नम्बरको ट्याक्टरले थ्रेसरबाट गहुँ दाउनी गर्ने क्रममा आगो सल्कदा ट्रयाक्टर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साथै उक्त आगलागिमा नजिकै रहेको एउटा फुसको गाई गोठमा समेत जलेको छ । आगलागीमा करिब १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको बलान बिहुल गाउँपालिका ३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा आइतबारराति आगलागी हुदा करिब २० लााख मुल्य बरावरको क्षति भएको छ ।
मौवहा चौकस्थित चौधरी यादवको घरमा सियाराम शर्माले संचालन गरेको फर्निचर उद्योगमा बिद्युत सर्ट भई आगलागी हुदा निजको फर्निचर उद्योगका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् । आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ्ग लगायतका समान जलेर नष्ट भएको उनले बताए ।
यस्तै सो आगलागिमा छिमेकी देब नारायण साफिको एउटा घर, जिबछ साफिको तीन वटा, लक्ष्मी साफिको दूई र चन्देश्वर यादबको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ ।
आगलागीबाट खाद्यान्न, लताकपडा, भडावर्तन, सुन, चाँदी गरगहना र नगदसहित २० लाख मुल्य बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
दुबै स्थानमा भएको आगलागि स्थानियवासी, प्रहरी र राजविराजबाट गएको बरुण यन्त्रणले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ