News Category 2074/12/27
निर्धक्क रुपले मदिरा व्यापार संचालन गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
नेपाल मदिरा व्यवसाय संघ सप्तरीले मदिरा व्यवसायहरुलाई प्रहरीले अनावश्यक दुःख दिइरहेको आरोप लगाएको छ ।
संघले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि आइतबार मात्रै सप्तरी प्रहरीले जिल्लाको बेल्ही चपेना गाउँपालिकाबाट मदिरा भण्डारण गरि मोटरसाइकलमा भारततर्फ लैजाने क्रममा लाखौं मुल्य बराबरको मदिरा बरामद गरेको समाचार शतप्रतिशत गलत भएको बताएको छ ।
संघका कोषाध्यक्ष गंगासागर गुप्ताले लाखौं मुल्य पर्ने ती मदिरा बेल्हीचपेना गाउँपालिका ६ स्थित शिवशक्ति ट्रेडसको गोदामबाट प्रहरीले बलजप्ति नियन्त्रणमा लिई मदिरा सेवन गरिरहेका चार जना भारतीय नागरिक, एक जना पसलका कर्मचारी र एक जना पसल संचालकका आफन्तलाई पक्राउ गरेको आरोप समेत लगाए ।
उनले यसअघि पनि प्रहरीले पटक पटक मदिरा व्यवसायीहरुलाई दुःख दिने गरेको बताउँदै अब उपरान्त निर्धक्क रुपले व्यापार संचालन गर्न अवरोध पु¥याए बाध्य भई आन्दोलनको विकल्प नरहने चेतावनी समेत दिए ।
यता सोही पत्रकार सम्मेलनमा मदिरा पसलका संचालक सन्तोष कुमार सिंहले पसलमा पहिलादेखी नै सादा पोषकका प्रहरी परिचालन गरि मदिरा सेवन गरेको र पछि पसल बन्द गर्ने बेलामा ग्राहक र कर्मचारीलाई बाहिर आउन नदिई जबरजस्ति नियन्त्रणमा लिएको आरोप लगाए । उनले ६ जनालाई नियन्त्रणमा लिएपछि गोदाममा रहेको मदिरालाई प्रहरीले एउटा गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय सप्तरी पु¥याएको समेत बताए । यस्तै प्रहरीले बरामद गरेको मोटरसाइकल पनि सोही भारतीय ग्राहक र आफ्नो कर्मचारीको रहेको जानकारी दिए ।
यता भारतको बिहार सरकारले राज्यमा मदिरा बिक्रि वितरणमा पूर्ण प्रतिबन्ध लगाएपछि अहिले नेपाली सीमा क्षेत्रमा भारतीय नागरिकहरु मदिरा सेवन गर्न आउनेको संख्या बढ्दै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ