News Category 2075/01/01
माछा हटिया पुनः पुरानै स्थानमा लागेपछि प्रहरीद्वारा माछा जफत
दैनिक समाचारदाता
राजविराज, ३० चैत ।
राजविराज ७ स्थित हटिया बजार क्षेत्रमा लाग्ने माछा बजारलाई नयाँ स्थानमा स्थान्तरण गरेको एक हप्तामै पुनः माछा बजार पुरानै स्थानमा शुक्रबारदेखी लागेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
राजविराज नगरपालिकाले हटियाको पुरानो संरचना भत्काएर नयाँ संचारना बनाउने भन्दै माछा हटियालाई राजविराज ४ स्थित नगरपालिकाको खाली जग्गामा स्थान्तरण गरेको थियो । तर, माछा ब्यापारीहरुले नयाँ स्थानमा व्यापार गर्न असजिलो र ग्राहक नआएको भन्दै व्यापारमा घाटा लागेकोले पुनः पुरानै स्थानमा आएको बताएका छन् ।
यसैबीच माछा बजार लाग्ने पुरानो स्थानमा शुक्रबार बिहान माछा व्यापारीहरुले माछा बजार लगाउन सामानहरु ओसारपोसार गर्न लाग्दा प्रहरीले सो स्थानमा बजार लगाउन नमिल्ने भन्दै माछा व्यापारी र प्रहरीबीच केही क्षण तछारमछाड समेत भएको थियो । सोही क्रममा प्रहरीले हस्तक्षेप गर्दा केही महिला माछा व्यापारीहरुलाई चोटपटक लागेको बताएका छन् ।
यता शुक्रबारदेखी दिउँसो पुरानो स्थानमै पुनः माछा बजार लाग्न सुरु भएपछि प्रहरीले हस्तक्षेप गर्दै व्यापारीको सबै माछा जफत गरेको छ । सो क्रममा माछा व्यापारी र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । श्रोतका अनुसार सोमबारदेखी राजविराज नगरपालिकाले हटियामा लाग्ने तरकारी, किराना, मनिहारी, फलफुल, कटघरा लगायतलाई हटाउने कार्य सुरु गर्ने योजना रहेको छ ।
यसअघि नगरपालिकाले हटियामा नयाँ संरचना बनाउने भन्दै सूचना गरेपश्चात् नै हटिया व्यापारीहरु चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुले हटियाको मौलिकता बिगार्न नमिल्ने भन्दै स्थानिय प्रशसनदेखी प्रधानमन्त्री कार्यालय सम्म ज्ञापन पत्र समेत बुझाएका छन् ।
राजविराजको मुटुमा रहेको हटिया बजारको पुरानो संरचना भत्काउँदा हटियाको मौलिकता नष्ट हुनुका साथै साना तथा मझौला व्यवसायीहरुको बिल्लीबाठ हुने र त्यसमा आश्रित ३ हजार भन्दा बढी व्यक्ति बेरोजगार हुने उल्लेख गर्दै तत्काल त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । राजविराज नगरपालिकाका नवनिर्वाचित प्रतिनिधिहरुले विकासको नाममा हटियाको मौलिकता नै समाप्त गर्न लागेकाले उनीहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ