News Category 2075/01/05
किशोरीहरुलाई हिंसाबाट जोगिन आत्मरक्षा तालिम
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
विभिन्न हिंसाका शिकार बन्दै गएका किशोरीहरुले आफू कसरी सो हिंसाबाट जोगिने भन्दै उनीहरुलाई तालिम दिइएको छ ।
युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड तथा सबल नेपाल सप्तरीद्वारा आयोजित पहँुच परियोजना अन्र्तगत सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका मलहनमा र कुशहाका ५० जना किशोरीहरुलाई सो तालिम दिइएको हो ।
नेपाल प्रहरीको जबर्जस्ती करणी विरुद्धको ३ महिने अभियान अन्र्तगत मंगलबार उनीहरुलाई सचेतना तथा आत्मरक्षा शिप तालिम दिइएको जनाइएको छ ।
प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र किशोरीहरु लाई जबर्जस्ती करनी सचेतना तथा आत्मरक्षा शिप अभिमुखिकरण कार्यक्रम जस्तै कसैले जबर्जस्ति गरेमा, बलात्कार गरेमा अथवा नराम्रो अश्लिल शव्दहरु प्रयोग गरेमा हुने सजायहरुको बारेमा अधारभुत जानकारी समेत सो तालिममा दिइएको छ ।
स्थानिय समुदायका १० बर्ष देखी २२ बर्ष सम्मको ५० जना किशोरीहरुलाई उक्त विषयमा इलाका प्रहरी कार्यलय कडरबोनाको प्रहरी निरीक्षक सुरेन्द्र कुमार श्रेष्ठले किशोरीहरुलाई कानुनी प्रक्रिया, बलत्कारका प्रकृतिहरुको बारेमा र यसबाट हुने सजायहरु तथा प्रहरी लाई खबर गर्ने प्रक्रियाहरुको बारेमा हौसला दिने उद्देश्यले तालिम दिइएको बताए ।
पाँच दिने आत्मरक्षा तालिम लिएको सहभागि मध्येका हुकोडन नेपालका पहँुच कार्यक्रम संयोजक नन्दनी यादब र नम्रता परियारले उक्त कार्यक्रमको सहजिकरण गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ