News Category 2075/01/05
सर्वस्वसहित जन्म कैदका फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान
दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद पाएर फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ इनर्वा बस्ने ६० वर्षिय रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरि कैद भुक्तानका लागि राजविराज कारागारमा चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पुनरावेदन अदालत राजविराजको २०६७ साल माघ १९ गते फैसला अनुसार राम प्रसाद यादवलाई ज्यान सम्बन्धि महलको १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैद भएपछि उनी सोही समयदेखी फरार रहेकोले सप्तरी प्रहरीले २०७४ चैत २९ गते हनुमाननगर कंकालनी नगरपालिका वडा नंं. ११ स्थित लुकिछीपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसअघि जिल्ला अदालतले यादवलाई रिहा गर्ने फैसला सुनाएपछि पुनः सोही मुद्दामा पुनरावेदन अदालतले उनलाई सर्वस्वसहित कैदको फैसला सुनाएको हो ।
२०५३ साल जेठ १९ गते रामप्रसाद यादवले सोही स्थान निवासी शुभलाल यादवको हत्या गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ