News Category 2075/01/06
हावाहुरीका कारण लाखौंको क्षति तीन जना घाइते, दुई चौपाया मरे
दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
मंगलबार साँझ अचानक आएको वर्षासँगैको हावाहुरीका कारण सप्तरीको विभिन्न स्थानमा लाखौंको क्षति हुनुका साथै तीन जना घाइते र दुई वटा चौपाया मरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बलान बिहुल गाउँपालिका, कंचनरुप नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा क्षति भएको छ ।
सो हावाहुरीका कारण जिल्लाको कंचनरुप नगरपालिका १० बदगामा निवासी रम्बा खड्गा र लिलो खड्गाको जिऊमा ११ हजारको बिजुलीको तार खस्दा घाइते भएकी छिन् । करेण्ट लागेर उनीहरुको दुबैको खुट्टामा चोट लागेको छ । चोट लागेर घाइते भएपछि उनीहरु स्थानिय क्लिनिकमा उपचार पश्चात् घर फर्किसकेको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् ।
त्यस्तै रम्बा खड्गाकै गाईगोठमा परालको टार खस्दा एउटा भैसी र एउटा गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि बलान बिहुल गाउँपालिका ३ बस्ने देवनारायण मण्डलको एलवेस्टरको छानो भएको पक्की घर ढल्दा किचिएर उनकी श्रीमती ५५ वर्षिय दुलारीदेवी मण्डल घाइते भएकी छिन् । किचिएर घाइते भएकी मण्डलको कम्मर र खुट्टामा चोट लागेपछि लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता घर ढल्दा दुई लाख बराबरको क्षति भएको छ ।
सो हावाहुरीका कारण तिरहुत गाउँपालिका वडा नं. २ र ५ का १७ जना स्थानियहरुको घर र गाईगोठमा गरि दुई लाख ३० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।
त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढाका ८ परिवारका फुसको छानो भएको घर हावाहुरीले उडाएर लग्दा ६ लाख ४० हजार बराबरको क्षति पुगेको जनाइएको छ । त्यस्तै सोही नगरपालिका १४ मल्हनियाँ निवासी दिनेश मण्डलको घर हावाहुरीले उडाएर लादा एक लाख र शिवचन्द्र सुतिहारको ३० हजार बराबरको क्षति भएको छ ।
यसैगरि छिन्नमस्ता गाउँपालिका २ स्थित हरीलाल साफी, भोला साफी, सदानन्द साफी, सुवासचन्द्र झाको घरसहित लत्ताकपडा र अन्नपात हावाहुरीले उडाएर लैजादा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ