News Category 2075/01/07
सप्तरीका किशोरीहरुले “आत्मरक्षा” तालिम लिँदै
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको विभिन्न स्थानमा किशोरीहरुले अहिले आफ्नो रक्षाका लागि “आत्मरक्षा” तालिम लिन लागिपरेका छन् ।
विगतमा जिल्लामा बढ्दो महिला हिंसाले सबैभन्दा बढी महिलाहरु नै पीडित भइरहेको अवस्थामा सप्तरी प्रहरी र स्थानिय एक संस्थाको अग्रसरतामा सो तालिम दिने थालिएको हो ।
नेपाल प्रहरीको जबर्जस्ती करणी विरुद्धको तीन महिने अभियान अन्र्तगत सो तालिमलाई प्राथमिकतामा राखि सुरु गरिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् ।
उनले महिला हिंसालाई न्युनिकरण गर्न र किशोरीहरुलाई आत्मबल मिलोस् भन्ने उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको बताए । जिल्लाको १८ वटै स्थानिय तहमा तालिमको आयोजना गरिएको उनले बताए ।
यता बिहीबार जिल्लाको डाक्नेश्वरी नगरपालिका पातोमा ६० जना किशोरीहरुले आत्मरक्षा सम्बन्धी अभिमुखीकरण अन्तरगत तालिम लिएका छन् । स्थानिय समुदायका १० बर्ष देखी २० बर्ष सम्मको ६० जना किशोरीहरुलाई सो तालिम लिएका हुन् ।
यसअघि जिल्लाको सुरुङ्गा नगरपालिका मलहनमा र कुशहाका ५० जना किशोरीहरुले सो तालिम लिएका थिए ।
युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड सगँको साझौदारीमा सबल नेपाल सप्तरीद्वारा संचालित पहँुच परियोजना अन्र्तगत विपन र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिबृद्धि गर्ने उद्देश्यले सो तालिम दिइदै छ ।
प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र किशोरीहरुलाई जबर्जस्ती करणी सचेतना तथा कसैले जबजजस्ति गरेमा, बलात्कार गरेमा अथवा नराम्रो अश्लिल शव्दहरु प्रयोग गरेमा हुने सजायहरुको बारेमा अधारभुत जानकारी दिइएको छ ।
हुकोडन नेपालका कानुन तथा तालिम अधिकृत शिबनाथ साहले अभिमुखीकरणमा किशोरीहरुलाई कानुनी प्रक्रिया, बलात्कारका प्रकृतिहरुको बारेमा दण्ड सजाय तथा क्षतिपुर्ति सम्बन्धमा विस्तृतरुपमा जानकारी दिए ।
कार्यक्रममा न्याययिक समितिका काम कर्तव्य र अधिकारहरुको बारेमा न्यायिक समितिको संयोजक इन्दु कुमारी यादवले जानकारी दिएकी थिइनु भने नगरपालिकाको वार्ड नं. ५ को अध्यक्ष दुखरन मण्डले यस्ता शिपहरु किशोरीहरुका लागि अतिआवश्यक रहेको बताए ।
कार्यक्रममा स्थानिय मेलमिलाप समुदायका अध्यक्ष बालकृष्ण पण्डित, हुकोडन नेपालका पहँुच कार्यक्रम संयोजक नन्दनी यादब र आत्मरक्षा तालिमका सहभागि नम्रता परियारले उक्त कार्यक्रको सहजिकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ