News Category 2075/01/07
सवारी दुर्घटनामा एकको मृत्यु बालिकासहित दुई घाइते
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु हुनुका साथै एक बालिकासहित दुई जना घाइते भएक छन् ।
जिल्लाको कंचनरुप नगरपालिका ८ स्थित चन्द्रनहर पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख २८८९ नं.को बसले पैदल यात्री सोही स्थान निवासी ४६ वर्षीय टंक बहादुर मगरलाई ठक्करदिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाइते भएका मगरलाई टाउँकोमा चोट लागेपछि न्युरो अस्पताल बिराटनगर पठाइएकोमा सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै जिल्लाको खडक नगरपालिका ६ स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३च ७७६७ नं.को कारले सोही दिशतर्फ आउँदै गरेको सद्दप ८१२६ नं. को मोटरसाइकललाई ठक्कर दिँदा सो मोटरसाइकल पछाडी सवार सोही स्थान ४ निवासी ५० वर्षिय जलिफुल खातुन घाइते भएकी छिन् ।
घाइते खातुनको शरीरको विभिन्न भागमा चोट लागेपछि कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता कार र मोटरसाइकललाई पहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित भित्रि सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ७ वर्षिया बालिका नितु कुमारी यादव घाइते भएकी छिन् । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स६प ९६७७ नं. को मोटरसाइकलले बाटोमा खेल्दै गरेकी नितुलाई ठक्कर दिएपछि उनको हात र खुट्टामा चोट लागि घाइते पश्चात् स्थानिय धर्मेश्वर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
यता ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ