News Category 2075/01/08
त्रिविका आंगिक क्याम्पसहरुमा सरकारले हस्तक्षेप गर्नुहुँदैन् ः उपकुलपति खँनिया
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तिर्थराज खँनियाले त्रिविको आंगिक क्याम्पसहरुको विषयमा सरकारले हस्तक्षेप गर्नु नहुने बताएका छन् ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको शुक्रबार उद्घाटन गर्दै उपकुलपति खँनियाले सो कुरा बताएका हुन् ।
विगतको सरकारले त्रिविका आंगिक क्याम्पसहरुलाई नवनिर्मित राजर्षि विश्वविद्यालयमा गाभ्ने निर्णय गरेको सन्दर्भमा बोल्दै उनले चाडै नै ऐन संशोधन गरेर पुनः त्रिविकै आंगिक क्याम्पसमा गाभ्ने तयारी भइरहेको जानकारी समेत दिए ।
उनले विगतका सरकारले गरेको निर्णयप्रति प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराउँदा उक्त निर्णयलाई ऐन संशोधन गरेर पुनः त्रिविकै आंगिक क्याम्पसमा गाभ्ने प्रधानमन्त्रीले आश्वासन दिएको खुलासा गरे । उनले मुलुकको आर्थिक, राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा त्रिविले खेलेको उल्लेख्नीय भूमिकालाई मध्यनजर गर्दै यसलाई स्वतन्त्र र निष्पक्ष विश्वविद्यालयको रुपमा देश विदेशमा परिचित गराउन अझ प्रभावकारी भूमिकाको आवश्यकता रहेको औल्याए ।
यता तीन महिनादेखी महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजका प्राध्यापक, कर्मचारी, आंशिक प्राध्यापकलागयतले विभिन्न चरणको आन्दोलन पश्चात् परीक्षा संचालन गर्ने सहमतिपछि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी जारि राखेका छन् ।
यता सोही उद्घाटन समारोहमा त्रिविका शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले त्रिविका आंगिक क्याम्पसलाई नवनिर्मित विश्वविद्यालयमा गाभ्ने निर्णयको खुलेर बिरोध गर्दै सो कदमप्रति सरकारको गलत नीति रहेको दाबी गरिन् । सरकारले त्रिविलाई कृदृष्टिले हेर्ने दृष्टिकोणमा परिवर्तन गरि त्रिविलाई कामकाज गर्न स्वतन्त्र छोड्नु पर्ने उल्लेख गरिन् ।
सो कार्यक्रममा उपकुलपति, शिक्षाध्यक्ष लगायत अन्य पदाधिकारीहरुलाई मविव क्याम्पस प्रमुख शर्वेशचन्द्र झाले दोसल्ला, अभिनन्दन पत्र र मायाको चिनोसहित सम्मानित समेत गरे ।
यस्तै सोही कार्यक्रममा सेवानिवृत क्याम्पसमा प्राध्यापकहरु त्रिपुरारी शरण, अवधकिशोर सिंह, रामखेलावन यादव लगायत समेतलाई समनित गरिएको थियो ।
सोही कार्यक्रममा क्याम्पसको खस्किदै गरेको अवस्था बारे क्याम्पसका निर्वतमान स्ववियु सभापति रामचन्द्र यादव, राजिव मिश्रा, ललितनारायण यादव लगायतले ध्यानाकर्षण गराएका थिए । यसैबीच आंशिक प्राध्यापकहरुले उपकुलपति खँनियालाई क्याम्पस राजर्षि विश्वविद्यालयमा गाभ्ने विषय बारे ज्ञापनपत्र समेत बुझाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ