News Category 2075/01/08
अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने स्थानिय तह कर्मचारीको चेतावनी
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
स्थानिय तह कर्मचारी संघ नेपाल प्रादेशिक समिति प्रदेश नं. २ ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रादेशिक समितिका सचिव गंगाराम साह र सल्लाहकार समितिका संयोजक कमलेश्वर बिराजीले शुक्रबार एक विज्ञप्ति जारि गर्दै प्रवक्ता तामाङले स्थानिय तहका कर्मचारीले स्थानिय तहमा सेवा प्रवेश गर्दा तोकेको भरमा सेवा प्रवाह गरेकाले अहिले आएर निजामति कर्मचारी सरह हुँ भन्नु गलत भएको बताएको र कतिपय स्थानिय तहमा बल्लबल्ल एसएलसी उतिर्ण गरेका स्थानिय तहका कर्मचारीहरु अहिले आठौं र नवौं तहमा पुगेकोमा उनीहरुको मातहतमा लोकसेवा आयोगबाट प्रतिष्पर्धा गरेर अँएका कर्मचारीहरु रहन नसक्ने अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
त्यस्तै जारि विज्ञप्तिमा स्थानिय तहका कर्मचारी सेवा प्रवाह गर्दा दशौं र एघारौं तह हुन्छु भन्ने अपेक्षा राखेर आएको र अब उनीहरुले अहिले निजामतिको जस्तो मुख्य सचिव बन्छु भन्ने खोजेको न्याय संगत नभएको अभिव्यक्तिप्रति कर्मचारी संघ नेपालले भत्र्सना गर्दै खेद व्यक्त गरेको उल्लेख छ ।
गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने प्रवक्ता तामाङको अभिव्यक्तिले स्थानिय तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई मर्माहत तुल्याइएको जारि विज्ञप्तिमा उल्लेख छ ।
जारि विज्ञप्तिमा हाल मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा सबै क्षेत्र, वर्ग, समुदाय र पेशागतसँग सम्बन्धित सबैको हक अधिकार सुनिश्चित गरी देशलाई समृद्ध बनाउने नेपाल सरकारको पहिलो प्राथमिकता रहेको जनाउँदै कर्मचारी, जनप्रतिनिधिबिहीन अवस्थामा पनि विगत लामो समयसम्म कठिन परिस्थितमा पनि जनताको समिपमा रहेर चुस्तदुरुस्त रुपमा सेवा प्रवाह गरेका राष्ट्र सेवक कर्मचारीलाई राज्यले बिर्सनु हास्यपद रहेको उल्लेख छ ।
साथै विज्ञप्तिमा स्थानिय तह कर्मचारी संघ नेपालले पटक पटक उठाउँदै आएको जायज माँग र मुद्दाहरु उचित सम्बोधन गर्नुको साटो कर्मचारी कर्मचारीबीच विभेद गरी मनोबल घटाउने काम भइरहेकोले यस्ता गलत अभिव्यक्ति अविलम्ब फिर्ता नलिए कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ