News Category 2075/01/08
आदिबासी जनजातीद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
नेपाल आदिबासी जनजाती महासंघ सप्तरीले बिभिन्न ७ बुंदे माँग राखी शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटमा धर्ना दिएको छ ।
आदिबासी जनजाती लगायतका उत्पीडीत समुदायको पहिचानसँग जोडिएको सार्वजानिक बिदा खारेज गरेको र बिभेदमा पारिएका समुदायको पहिचान समाप्त गर्ने षडयन्त्र गरेको भन्दै ओली सरकारको कार्यशैलीको बिरुद्धमा ४ घण्टा घर्ना दिएको हो ।
यसअघि आदिबासी जनजातिको पहिचानसंग जोडिएको बिदा कटौतीको निर्णय फिर्ता गर्नुपर्ने, धर्मनिरपेक्षतासंग बाझिएका काणुन खारेज गनुपर्ने, बिभिन्न पहिचान जनित आन्दोलनमा राजबन्दीको रुपमा जेल परेकाहरुलाई रिहाई गर्नुपर्ने लगायतका बिभिन्न नारा लेखिएका प्लेकार्ड, बिभिन्न जातीको झण्डा र ब्यानर सहित नारा जुलुस लगाउदै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटमा दिउसो १ बजे देखी ४ बजे सम्म धर्ना दिए ।
सो धर्नाकै क्रममा उनीहरुले कार्यालय हाता भित्रै बिरोध सभा समेत गरे । नेपाल नेपाल अदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा आयोजित कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले आदिबासी जनजाती माथिको बिभेद कायम रहे अझ सशक्त आन्दोलन गर्ने चेताबनी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ