News Category 2075/01/09
भारतीय नोटको अभावले “बट्टा” कारोबार फस्टाउँदै
राजविराज÷भारतीय रुपैयाको अभावका कारण सप्तरीमा भारतीय नोटको बट्टा कारोबार निकै फस्टाएको छ । जसकारण स्थानियहरु निकै तनावमा छन् ।
बैंकमा भारतीय रुपैया नपाउनु तथा यसैको फाइदा उठाउँदै केही व्यक्ति र व्यापारीले सयकडा ७ देखि १० रुपैया बट्टा लिएर भारु साटन थालेपछि स्थानियहरु तनावमा परेका हुन् । सप्तरी सिमाबर्ती बजार भएकाले यहाँका अधिकांश उद्योगी व्यवसायी र स्थानियहरु भारतको बजारमा दैनिक उपाभोग्य बस्तुदेखी लिएर अन्य ब्यापारीक कारोबार भारुमै गर्नु पर्ने बाध्यता रहेको छ । तर, भारुको अभावमा नेपाली रुपैयामा कारोबार गर्दा त्यहापनि सयकडा ५ देखि १० रुपैया बट्टा काट्न थालेको स्थानियहरुले गुनासो गरेका छन् ।
सर्वसाधारणलाई सिमाबर्ती बजारमा किनमेल प्रयोगजनका लागी मात्र नभई भारतमा उपचार, शिक्षा, तिर्थायात्रा तथा पर्यटन प्रयोजनका लागी पनि भारतीय नोटको आवश्यक पर्दा बट्टा तिरेर लिनु पर्ने बाध्यता रहेको छ ।
स्थानिय बजारमै केही व्यक्ति र व्यापारीले सयकडा ५ देखि १० रुपैया सम्म बट्टा काटेर भारु उपलब्ध गराउने र सर्वसाधारणलाई उनीहरुसँग भारु किन्ने काम निकै महगो सावित हुने गरेको छ ।
सदरमुकाम राजविराजमा भारुको चर्को अभाव भएको एक वर्ष भन्दा पनि बढी समय भई सक्यो । यहाँ मनिचेन्जर कम्पनी नभएको तथा विगत एक वर्ष देखि राष्ट्रिय बाणिज्य बैंकले पनि भारु सटही सुविधा बन्द गरेकाले सर्व साधारण भारु पाउन गोप्य ढंगले भारु नोटको कारोबारी गर्नेहरुको घर र पसल चहार्नु परेको स्थानिय उमेश यादव बताउँछन् ।
बैंकले भारु नोट सटही सेवा बन्द गरेको अवस्थाको फाईदा उठाउँदै केहि व्यवसायीले भारु नोटको अबैध कारोवार गरिरहेकाकोप्रति त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकिरहेको छैन् ।
राजविराजस्थित राष्ट्रिय बाणिज्य बंैकले मात्र सर्वसाधारणको सुविधाका लागी भारु सटही गर्दै आएको थियो । घरका लागि प्रति निवेदन एक हजार पाँच सय र भारत तर्फ उपचारका लागी जानेहरुको हकमा प्रमाणको आधारमा ५ हजार भारु रुपैया मात्र दिदै आएको सो बैंकले विगत एक वर्ष देखि सो सेवा पनि पूर्ण रुपमा बन्द गरेको छ ।
यस बारे सो बैंकका एक कर्मचारीसँग जिज्ञासा राख्दा भारु रुपैया राष्ट्र बैंकले पठाउने गरेको थियो, उतैबाट पठाउन छाडिएपछि सटही काउण्टर बन्द गरिएको जानकारी दिएका छन् ।
हाल भारु सटही काउण्टर बन्द गरी बैंकले त्यसमा भाडामा चिया पसल संचालन गरेको छ । भारु खोज्दै आउनेहरु सटही काउण्टर चिया पसलको रुपमा परिणत भएको देखेर निरास भई फर्किने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ