News Category 2075/01/11
६ दशकपछि राजविराज हटियाको मुहार फेरिँदै
दैनिक समाचारदाता
राजविराज, १० वैशाख । नेपालको सबै भन्दा पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका र सो क्षेत्रमा पर्ने तरकारी हटियाको मुहार फेरिन लागेको छ ।
६ दशकअघि बि.स. २०१६ मा स्थापना भएको राजविराज नगरपालिका र सो क्षेत्रमा अवस्थित हटियामा राजविराज नगरपालिकाले नयाँ भवन निर्माण गरि व्यवस्थित ढंगले हाट बजार लगाउने योजनाका साथ सोमबारदेखी पुनःनिर्माणको कार्य थालेको हो ।
झण्डै ३७ करोडको लागतमा राजविराज हटियामा नयाँ भवन निर्माण गर्न लागिएको छ । सो भवनमा तीन सय कोठा र सेडहरु निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
यसैबीच हटिया क्षेत्रमा लाग्ने तरकारी बजार क्षेत्रलाई सोमबार नगरपालिकाले खालि गराएको छ । सो स्थानमा लाग्ने तरकारी बजार हटियाको पश्चिमतर्फ पुरानो माछा हाट र त्यस वरिपरीको क्षेत्रमा लाग्ने छ । तरकारी बजार लाग्ने नयाँ स्थानमा व्यापारीहरुले अस्थायी ठहरा निर्माण गर्न लागिपरेका छन् । यसअघि सो स्थानमा लाग्ने माछा हाटलाई राजविराज नगरपालिकाले वडा नं. ४ स्थित नगरपालिकाकै स्वामित्यमा रहेको खाली स्थानमा सेड बनाएर व्यवस्थित गरेको छ ।
हाल यस हटियामा मानव जातीको जन्मदेखी मरणसम्मका लागि चाहिने सम्पूर्ण सामाग्रिहका साथै खाद्यन्न, ताजा तरकारी, फेन्सी सामाग्रि, औषधी, सियो, धागो देखी नुनतेल सम्म पाउने गर्छ । यतिका सामाग्रिहरु एकै स्थानमा पाइने राजविराज हटिया मुलुककै पहिलो हटिया हो ।
भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित राजविराज सहरको टाउन प्लानिङ बि.स. २०१६ सालमा गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ