News Category 2075/01/12
हात्तिको आक्रमणबाट एकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको छ ।
हात्ती आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यो सँगै सप्तरीमा हात्तीको आक्रमणमा परी एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट निस्केको एउटा जंगली हात्तीको आक्रमणबाट स्थानिय ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
सो आरक्ष क्षेत्रबाट आएको हात्तीले घरमा सुतिरहेका अवस्थामा यादवमाथि आक्रमण गर्नुका साथै घर समेत भत्काएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
यसअघि कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट आएको जंगली हात्तिको आक्रमणबाट कञ्चनरुप नगरपालिका ५ पथरी टोलका ३५ वर्षीया मञ्जुदेवी र ४५ वर्षिया पत्नी दुर्गीदेवीको मृत्यु भएको थियो ।
यस्तै हात्तीको आक्रमणबाट २ महिनाको अवधिमा सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका १० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगिता यादव लगायतको समेत मृत्यु भइसकेको छ ।
जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने सप्तकोशी, कंचनरुप नगरपालिका क्षेत्रमा दिनुहु हात्ती आतंक बढेको भएपनि स्थानिय प्रशासनले नियन्त्रण गर्न नसकेको स्थानियबासीको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ