News Category 2075/01/15
विद्यालय भर्ना अभियानलाई तिब्रता दिँइदै
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
सप्तरीमा विद्यालय भर्ना अभियानलाई तिब्रता दिइएको छ । केही दिन अघि मात्र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राजविराज ९ मलेठस्थित गढिया विद्यालयमा डोम समुदायका टिंकु मरिकको अभिभावक बनेर सप्तरीमा विद्यालय भर्ना अभियानको सुरुवात गरेका थिए ।
यसै क्रममा शुक्रबार राजविराज ६ मा अवस्थित केन्द्र नं. ६ आधारभुत विद्यालय थानगाछीमा आयोजित एक कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, शिक्षा विकास तथा समन्वय एकाइका सप्तरीका प्रमुख डोलराज पाण्डे, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा लगायतले डोम समुदायका चार बालबालिकाको अभिभावक बनी विद्यालय भर्ना गराएका छन् ।
यस्तै शुक्रबारै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षले डोम समुदायका चार बालबालिकाको अभिभावक बनेर सो अभियानलाई तिब्रता दिएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका ४ निवासी बिजय मोचीका ८ वर्षिया छोरी पुष्पा कुमारी मोची र शंकर रामका ५ वर्षिया छोरी कविता कुमारी रामको गाउँपालिका अध्यक्ष सिंह अभिभावक बनेर स्थानिय राजेन्द्रदेवकी आधारभूत विद्यालयमा भर्ना गराएका छन् ।
त्यस्तै सोही गाउँपालिका उपाध्यक्ष सुजिता यादवले देव कुमार मरिककी ५ वर्षिया छोरी अन्जली मरिक तथा वडा अध्यक्ष गोपी मण्डलले बिहारी मरिकका १० वर्षिय छोरा दिलिप मरिकको अभिभावक बनेर विद्यालयमा भर्ना गराएका छन् ।
आयोजित भर्ना अभियान कार्यक्रममा चारै जना बालबालिकालाई फुलमाला तथा अबिर लगाएर विद्यालयमा भर्ना गरिएको छ भने बालबालिकालाई स्कुल ब्याग र किताब विद्यालयले उपलब्ध गराएको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिएका छन् । त्यस्तै कापी, पेन्सिल, कटर, इरेजर, पेन, स्कुल ड्रेसको कपडा समेत हस्तान्तरण गरिएको उनले बताए ।
यता बैशाख १४ गतेसम्म नियमित विद्यालय भर्ना गरिने तथा १५ देखी ३० सम्म भर्ना हुन बाँकी रहेका बालबालिकाहरुलाई घरदैलो कार्यक्रम गरेर विद्यालयमा भर्ना गराउने अभियान संचालन गरिएको एकाइका सप्तरीका प्रमुख पाण्डेले जानकारी दिएका छन् ।
सप्तरीमा ५ वर्षदेखी १२ वर्षमूनीका १३ हजार ४ सय ३४ बालबालिकाहरु हाल विद्यालय बाहिर रहेको तथा ती संख्याको बालबालिकाहरु विद्यालय बाहिर रहेपनि १० देखी १४ वर्ष मूनीका १ हजार ७ सय ४८ जना किशोरीहरु किशोरी शिक्षामा अध्ययनरत रहेको छन् र उनीहरु बैशाखमा आधारभूत शिक्षाका लागि विद्यालयमा भर्ना हुने तयारीमा रहेको प्रमुख पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ