News Category 2075/01/15
निजामति कर्मचारीप्रति नकारात्मक प्रचार नगर्न आग्रह
दैनिक समाचारदाता
राजविराज, १४ बैशाख ।
नेपाल निजामती कर्मचारी युनियन संघ सप्तरीले सरकारले कर्मचारीहरु सुविधाभोगि, खटाइएको स्थानमा नजाने, काम नर्गे जस्ता भ्रामक प्रचार गरि कर्मचारीप्रति जनताको नजरमा नकारात्मक सन्देश दिन खोजेको आरोप लगाएको छ ।
युनियनले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा सो आरोप लगाइएको छ ।
युनियनका सप्तरी अध्यक्ष किशोर प्रसाद साहको नेतृत्वमा बुझाइएको ज्ञापनमा निजामति कर्मचारीहरु सरकारले विधिसम्मत तरिकाले खटाएको स्थानमा गई काम गर्ने तयार रहेको तर, सरकार आफै प्रकृया अवरुद्ध गरि दोषजति कर्मचारीलाई दिएर उम्कन खाजेको आरोप लगाइएको छ ।
सोही ज्ञापनमा नियम कानुन र विद्यिको उल्लंघनबाट मुलुकले चाहेको सुशासन र सम्बृद्धि सम्भव कसरी हुने विषयमा सरकारलाई गम्भिर ध्यानाकर्षण गराउँदै सरकार कर्मचारीहरुको मनोबल गिराउने, निरास एवं हतोत्साही बनाई आतंकित पार्ने जस्ता कार्यमा अगाडी नबढी अवकासको योजनालाई तत्काल कार्यान्वयन गर्न र कर्मचारी समायोजन प्रकृयालाई सिघ्र अगाडी बढाउन माँग गरिएको छ ।
साथै ज्ञापनमा स्वेच्छिक अवकास चाहेका कर्मचारीहरु तथा ऐन नियमको प्रावधान अनुसार समायोजन हुन चाहने अन्य कर्मचारीहरुको बैधानिक माँगलाई वेवास्ता गरिएमा नेपाल निजामति कर्मचारी युनियन विद्यमान कानुनको परिधिमा रही जस्तोसुकै निर्णय लिन बाध्य हुने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ