News Category 2075/01/20
एक लाख ३५ हजार घुस रकमसहित जिससका नासु यादव पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा जुगेश्वर प्रसाद यादवलाई घुसको रकम रु. १ लाख ३५ हजारसहित बुधबार पक्राउ गरेको छ ।
प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालको नेतृत्वमा आएको अख्तियारको टोलीले नासु यादवलाई राजविराजस्थित समन्वय समितिको कार्यालयबाटै नगदसहित पक्राउ गरेको हो ।
प्रहरी नायब उपरिक्षक खनालका अनुसार जिल्लाको महुली खोला पुनः निर्माण योजना सम्पन्न भएपनि जम्मा गरिएको धरौटी वापत ५ प्रतिशत रकम निकासाका लागि नासु यादवले सो धरौटी रकमको ५ प्रतिशत रकम दिए मात्र निकासा गर्ने भन्दै आनाकानी गर्दै आएका थिए ।
काम सम्पन्न भइसकेको अवस्थामा धरौटी वापतको रकम निकासा गर्न बारम्बार नासु यादवले सम्बन्धीत ठेकेदारलाई ताकेता गरेपछि बुधबार कार्यालयमै घुस लिइहेको अवस्थामा पक्राउ गरिएको अख्तियारको सुचना अधिकारी नरेन्द्र प्रसाद भट्टराईले जानकारी दिए । पक्राउ परेका यादवलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ