News Category 2075/01/20
भारहदका बाढीपीडितले आन्दोलन गर्ने
दैनिक समाचारदाता
राजविराज, १९ वैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहका बाढीपीडितहरुले नेपाल सरकारद्वारा बाढी पीडितहरुका लागि उपलब्ध गराउन लागेको नगदसहितको राहत वितरण अत्यन्त धांधली युक्त राजनैतिक बैमनश्यताले अभिप्रेरित भएको आरोप लगाउँदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
बाढी पीडित संघर्ष समिति भारदहका संयोजक रञ्जीतकुमार खड्गाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उक्त ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
बुझाइएको ज्ञापनमा स्थानिय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयले तयार गरेको बाढी पीडितहरुको सूची अत्यन्तै धांधली युक्त राजनैतिक बैमनश्यताले अभिप्रेरित भएर स्थानिय तहका कर्मचारी एवं जनप्रतिनिधिहरुका आसेपासेहरुलाई फायदा पु¥याउने खालको रहेको ठहर गरेको छ । सोही ज्ञापनमा बाढी पीडितहरुको उक्त सूचीमा बास्तविक बाढी पीडितहरुको नामनै रहेको तथा गैर पीडितहरुको नाम राखेर राहतको दुरुपयोग गर्न खोजिएको हुँदा उक्त राहत वितरण कार्य तत्कालै रोकेर सही नाम र विवरण उपर आवश्यक छानबिनसहित बास्तविक पीडितहरुको नाम समावेश गर्न माँग गरिएको छ ।
सोही ज्ञापनमा बैशाख १९ गते वडा कार्यालय मार्फत नगर प्रमुख र जिल्ला प्रमुखलाई ज्ञापन बुझाउने, २० गते वडा कार्यालयमा धर्ना, २१ गते बुझाइएको ज्ञापनको स्पष्टिकरण माग गर्ने, २३ गते वडा कार्यालयमा तालाबन्दी गर्ने, २५ गते नगरपालिका घेराउ गर्ने, २७ गते नगरपालिका तालाबन्दी गर्ने र त्यसपछि माँग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ