News Category 2075/01/20
भारहदका बाढीपीडितले आन्दोलन गर्ने
दैनिक समाचारदाता
राजविराज, १९ वैशाख ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहका बाढीपीडितहरुले नेपाल सरकारद्वारा बाढी पीडितहरुका लागि उपलब्ध गराउन लागेको नगदसहितको राहत वितरण अत्यन्त धांधली युक्त राजनैतिक बैमनश्यताले अभिप्रेरित भएको आरोप लगाउँदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।
बाढी पीडित संघर्ष समिति भारदहका संयोजक रञ्जीतकुमार खड्गाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उक्त ज्ञापन पत्र बुझाउँदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
बुझाइएको ज्ञापनमा स्थानिय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयले तयार गरेको बाढी पीडितहरुको सूची अत्यन्तै धांधली युक्त राजनैतिक बैमनश्यताले अभिप्रेरित भएर स्थानिय तहका कर्मचारी एवं जनप्रतिनिधिहरुका आसेपासेहरुलाई फायदा पु¥याउने खालको रहेको ठहर गरेको छ । सोही ज्ञापनमा बाढी पीडितहरुको उक्त सूचीमा बास्तविक बाढी पीडितहरुको नामनै रहेको तथा गैर पीडितहरुको नाम राखेर राहतको दुरुपयोग गर्न खोजिएको हुँदा उक्त राहत वितरण कार्य तत्कालै रोकेर सही नाम र विवरण उपर आवश्यक छानबिनसहित बास्तविक पीडितहरुको नाम समावेश गर्न माँग गरिएको छ ।
सोही ज्ञापनमा बैशाख १९ गते वडा कार्यालय मार्फत नगर प्रमुख र जिल्ला प्रमुखलाई ज्ञापन बुझाउने, २० गते वडा कार्यालयमा धर्ना, २१ गते बुझाइएको ज्ञापनको स्पष्टिकरण माग गर्ने, २३ गते वडा कार्यालयमा तालाबन्दी गर्ने, २५ गते नगरपालिका घेराउ गर्ने, २७ गते नगरपालिका तालाबन्दी गर्ने र त्यसपछि माँग सम्बोधन नभए जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ