News Category 2075/01/22
पत्रकार महासंघको प्रदेश समिति निर्वाचन आज हुँदै
दैनिक समाचारदाता
राजविराज, २१ वैशाख ।
नेपाल पत्रकार महासंघको प्रदेश समितिका लागि शनिबार सातै प्रदेशमा एकै पटक निर्वाचन हुनगइरहेको छ ।
मुलुक संघीय प्रणालीमा गइसकेपछि पत्रकार महासंघले पनि प्रदेश समिति चयन गर्न सो निर्वाचन गर्न लागेको हो ।
२१ सदस्यीय कार्य समितिका लागि हुन गइरहेको निर्वाचनमा सातै प्रदेशमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त गठबन्धन गरेर साझा उम्मेदवारी दिएको छ ।
यता प्रदेश २ मा भने यी गठबन्धन बाहेक संघीय प्रेस फोरम र संयुक्त समावेशी मधेशी पत्रकार गठबन्धनका तर्फबाट समेत उम्मेदवारी परेको छ । संयुक्त गठबन्धनबाट अध्यक्षमा दिपेन्द्र चौहान, फोरमबाट बिजय कुशवाहा र संयुक्त समावेशी मधेशीबाट बिरेन्द्र कुमार रमणको उम्मेदवारी परेको हो ।
त्यस्तै उपाध्यक्षमा संयुक्त गठबन्धनबाट के.सी. लामिछाने र संयुक्त मधेशीबाट गणेश प्रसाद साहको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा संयुक्त गठबन्धनबाट रिङ्कुकुमारी मिश्र, फोरमबाट अनामिका ठाकुर र संयुक्त मधेशीबाट दिपिका साह उम्मेदवार बनेकी छिन् ।
त्यस्तै महासचिवमा संयुक्त गठबन्धनबाट किरण कुमार कर्ण, फोरमबाट भोलाकुमार पासवान र संयुक्त मधेशीबाट रामानन्द गुप्ताको उम्मेदवारी परेको छ भने मणिलाल विश्वकर्माको नाम रहेपनि उनले किरण कुमार कर्णलाई समर्थन दिएका छन् ।
यसैगरि सचिवमा संयुक्त गठबन्धनबाट गुरुप्रसाद गौतम र संयुक्त मेधशीबाट विरेन्द्रकुमार यादव तथा समावेशी सचिवमा संयुक्त गठबन्धनका तर्फबाट रामनारायण विश्वास र संयुक्त मेधशीबाट सञ्जीवकुमार झाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षमा संयुक्त गठबन्धनका तर्फबट प्रविण साह र संयुक्त मधेशीबाट हेमशंकर सिंहको उम्मेदवारी परेको छ ।
यसैगरि सदस्य सदस्यमा संयुक्त गठबन्धनका अजित कुमार सिंह, धिरेन्द्र राय, भोजराज भट्टराई, राजन कुमार सिंह, शैलेन्द्र झा तथा संयुक्त मधेशीबाट अनिल पोखरेल, आलोक पाण्डेय, प्रमोदकुमार साह, मुसहरुयम महतोको उम्मेदवारी परेको छ ।
आदिवासी जनजाति सदस्यमा संयुक्त गठबन्धनबाट जगत राई, जितलाल श्रेष्ठ र संयुक्त मधेशीबाट रविन्द्र कुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । त्यस्तै मधेशी सदस्यमा संयुक्त गठबन्धनबाट अजय कुमार साह, बैद्यनाथ चौधरी र संयुक्त मधेशीबाट दिपककुमार कर्णको उम्मेदवारी परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ