News Category 2075/02/02
मैथिली भाषामा ट्विट गर्दै प्रधानमन्त्री ओलीले भने, “मधेशको भावना सम्बोधन हुन्छ”
दैनिक समाचारदाता
काठमाडौं, १ जेठ ।
अर्थमन्त्री युवराज खतिवडा पछि प्रदेश २ का संघीय सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गर्ने बताएका छन् ।
मंगलबार प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा ट्विट गर्दै मधेशको भावना सम्बोधन गर्ने बताएका हुन् ।
ओलीले मधेशको शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिञ्चाई तथा डुबान समस्याको समाधानका लागि सांसदहरुले देखाएको अग्रसरताप्रति धन्यवाद दिएका छन् । उनले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत तराई मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गरिने आश्वासनसमेत दिएका छन् । जेठ १५ गते संसदमा पेस हुन लागेको बजेटका सन्दर्भमा ध्यानाकर्षण गराउन प्रदेश २ का सांसदहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
प्रधानमन्त्रीलाई भेट्ने टोलीमा रहेकी माओवादी सांसद इन्दु शर्माका अनुसार सांसदहरुले मुख्य रुपमा तीन वटा विषयलाई प्रधानमन्त्री समक्ष उठाएका थिए । प्रदेश २ लाई सम्बृद्ध बनाउन कृषि, औद्योगिक र रोजगारीका क्षेत्रमा सरकारले बजेट विनियोजन गर्नुपर्ने माग सांसदहरुले गरेका थिए ।
प्रदेश २ लाई विशेष औद्योगिक करिडोर बनाउनका लागि बजेटमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको एमालेका सांसद लीलानाथ श्रेष्ठले बताए ।
तराई मधेशलाई अन्नको भण्डार बनाउन कृषि क्षेत्रको प्रवद्धनका लागि सिंचाई योजना अगाडि बढाउन माग सँगै सुनकोसी कमला डाइभर्सन र सुनकोसी मरिन वाग्मती डाइभर्सन निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उनले बताए ।
उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गर्नुभएको टोलीमा रहनुभएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
नेकपा (एमाले) का सांसद सुमनराज प्याकुरेलका अनुसार प्रधानमन्त्री ओलीले मागहरू जायज र आवश्यक भएको र आफू तराई मधेशका साथै सिङ्गो मुलुकको विकासका लागि गम्भीर रहेको बताउँदै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाउनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ