News Category 2075/02/03
कारागारमा आमासँगै बन्दी जीवन बिताइरहेकी तीन बर्षिया बालिकाको उद्धार
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
आमासँगै विगत १४ महिना बढी समयदेखी राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका एक तीन वर्षिया बालिकाको बुधबार उद्दार गरिएको छ ।
आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताईरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातो निवासी उर्मिला मण्डलकी तीन वर्षिया छोरी ज्योती मण्डलको उद्दार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् ।
आमाहरुको बच्चाहरुको अधिकार र विकासका लागि कार्य गरिरहेको बन्दी सहायता नेपाल नामक संस्थाले कारागारमा आमासँगै बन्दी जिवन बिताईरहेकी ज्योतीको उद्धार गरेको संस्थाकी केन्द्रिय अध्यक्ष ईन्दिरा राना मगरले जानकारी दिइन् ।
आमासँगै ज्यान मुद्दामा १४ महिना बढीदेखि कारागारमा बन्दी जिवन बिताइरहेकी ज्योती कुमारी मण्डलको उचित शिक्षा दिक्षा र उज्वल भविष्यको लागि र कुनै पनि कारणले बन्दीहरुको बच्चाहरुको भविष्य अन्ध्याँरो नहोस् भन्ने सोचले बच्चाको आमाको इच्छा अनुसार बन्दी सहायता नेपालको सेल्टर होममा राखिने उनले बताइन् । अध्यक्ष मगरले बच्चालाई उचित शिक्षा र सुनौलो भविष्यको लागि काम गर्ने समेत जानकारी दिइन् ।
यस्तै बच्चाको उद्धारसँगै संस्थाले कारागारमा बन्दी जिवन बिताई रहेका महिला बन्दीहरुको लागि एक थान पानी तान्ने मोटर र अध्ययनका लागि केहि पुस्तकहरु समेत उपलब्ध गराएको जिल्ला कारागारले जनाएको छ ।
सो अवसरमा कारागार प्रमुख सत्यनारायण यादब, कारागार सुरक्षा प्रमुख र संस्थाका जिल्ला संयोजक सुदर्शन चौधरीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ