News Category 2075/02/03
कारागारमा आमासँगै बन्दी जीवन बिताइरहेकी तीन बर्षिया बालिकाको उद्धार
दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
आमासँगै विगत १४ महिना बढी समयदेखी राजविराज कारागारमा बन्दी जिवन बिताइरहेका एक तीन वर्षिया बालिकाको बुधबार उद्दार गरिएको छ ।
आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताईरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातो निवासी उर्मिला मण्डलकी तीन वर्षिया छोरी ज्योती मण्डलको उद्दार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् ।
आमाहरुको बच्चाहरुको अधिकार र विकासका लागि कार्य गरिरहेको बन्दी सहायता नेपाल नामक संस्थाले कारागारमा आमासँगै बन्दी जिवन बिताईरहेकी ज्योतीको उद्धार गरेको संस्थाकी केन्द्रिय अध्यक्ष ईन्दिरा राना मगरले जानकारी दिइन् ।
आमासँगै ज्यान मुद्दामा १४ महिना बढीदेखि कारागारमा बन्दी जिवन बिताइरहेकी ज्योती कुमारी मण्डलको उचित शिक्षा दिक्षा र उज्वल भविष्यको लागि र कुनै पनि कारणले बन्दीहरुको बच्चाहरुको भविष्य अन्ध्याँरो नहोस् भन्ने सोचले बच्चाको आमाको इच्छा अनुसार बन्दी सहायता नेपालको सेल्टर होममा राखिने उनले बताइन् । अध्यक्ष मगरले बच्चालाई उचित शिक्षा र सुनौलो भविष्यको लागि काम गर्ने समेत जानकारी दिइन् ।
यस्तै बच्चाको उद्धारसँगै संस्थाले कारागारमा बन्दी जिवन बिताई रहेका महिला बन्दीहरुको लागि एक थान पानी तान्ने मोटर र अध्ययनका लागि केहि पुस्तकहरु समेत उपलब्ध गराएको जिल्ला कारागारले जनाएको छ ।
सो अवसरमा कारागार प्रमुख सत्यनारायण यादब, कारागार सुरक्षा प्रमुख र संस्थाका जिल्ला संयोजक सुदर्शन चौधरीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ