News Category 2075/02/09
मधेश आन्दोलनका सहिद नागेश्वरका पत्नीलाई गाउँपालिकाले दियो जागिर
दैनिक समाचारदाता
राजविराज, ८ जेठ ।
मधेश आन्दोलनका क्रममा सहिद भएका नागेश्वर कुमार यादवका पत्नीलाई सप्तरीको रुपनी गाउँपालिकाले सामाजिक परिचालकको रुपमा नियुक्ती दिएको छ । मधेश आन्दोलनका कुनै पनि सहिदका परिवारलाई जागिर दिइएको सप्तरीमा सम्भवत यो पहिलो हो ।
सहिद यादवकी पत्नी सुष्मा कुमारी यादवलाई रुपनी गाउँपालिकामा सामाजिक परिचालकको रुपमा नियुक्त गरिएको उक्त गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
सुष्मालाई प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापाद्वारा हस्ताक्षरित नियुक्ति पत्र मंगलबार गाउँपालिकाका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनीदेबी सरदार र प्रशासीय अधिकृत थापाले संयुक्त रुपमा सुष्मालाई हस्तान्तरण गरे ।
हस्तान्तरण गरिएको नियुक्तीपत्रमा लेखिएको छ, “रुपनी गाउँपालिकाको २०७५÷२÷४ को बैठकले गाउँपालिकाको रिक्त सामाजिक परिचालक पदमा तपाई सहिदको परिवार सुष्मा कुमारी यादवलाई नियुक्ती गर्ने निर्णय बमोजिम यो नियुक्ती पत्र दिइएको छ ।”
२०७२ साल मंसिर ५ र ६ गते तत्कालिन मधेशी मोर्चा सप्तरीले “चलु राजमार्ग भरु राजमार्ग” को आयोजना गरेको बेला जिल्लाको रुपनीमा प्रहरीले चलाएको गोली लागि जमुनी मधेपुरा ९ का २७ वर्षिय नागेश्वर यादवको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै भारदहमा प्रहरीको गोली लागि जिल्लाको डाढा गाविस बलिया बथनाहा १ का १४ वर्षिय बिरेन्द्र रामको मृत्यु समेत भएको थियो ।
सोही मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका सप्तरीका राजिव राउत, रामकृष्ण राउत, बिरेन्द्र कुमार राम र दिलिप कुमार साहको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ