News Category 2075/02/10
नेकपाको केन्द्रीय सदस्यमा सप्तरीका चार नेता मनोनित
दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा सप्तरीबाट चार जना नेता मनोनीत भएका छन् ।
माओवादीको तर्फबाट अशोक मण्डल “अमर”, नेकपा एमालेका तर्फबाट सत्यनारायण मण्डल, सुमनराज प्याकुरेल र रामप्रित पासवान केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका चारैजना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका हुन् । माओवादीका तर्फबाट केन्द्रिय सदस्य बनेका अशोक मण्डल यसअघि पोलिटब्यूरो सदस्य थिए भने एमालेका तीनै जना स्थायी समिति सदस्य थिए ।
अशोक मण्डल पूर्व सभासद् हुन् भने सत्यनारायण मण्डल प्रदेश नं. २ का प्रदेश सभा सदस्य, सुमनराज प्याकुरेल राष्ट्रिय सभा सदस्य र रामप्रित पासवान राष्ट्रियसभाका पूर्वउपाध्यक्ष हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ