News Category 2075/02/12
सुविधा सम्पन्न अस्पताल भएर पनि बिरामी पर्खदै
दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
हाल नेपालमा विभिन्न सरकारी अस्पतालमा बिरामीको चाप बढे पनि चिकित्सक, व्यवस्थापन तथा विभिन्न उपकरणलगायतका अभावमा लथालिङ्ग भएको सुन्न पाइन्छ । तर, सप्तरीमा एउटा यस्तो अस्पताल छ जुन बिरामीकै अभावमा सुनसान रहेको छ ।
१३ महिना अघि उद्घाटन गरिएको सप्तरीको रुपनी गाउँपालिकास्थित “पूर्व क्षेत्रिय प्रहरी अस्पताल (ठाकोदेवी–जोगेन्द्र भगत)” केन्द्रिय प्रहरी कार्यालयको उदासिनताका कारण अहिले दिनहुँ बिमारी कुर्दै खोलिने गरिन्छ ।
२०७३ साल माघ १३ गते १३ शय्याको स्वीकृत पाएर तत्कालिन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालबाट भव्य समारोहको आयोजना गरि उद्घाटन गरिएको यस अस्पतालमा हालसम्म एउटा पनि बिरामीको उपचार भएको छैन् । यता अस्पतालमा विद्युत उपभोगका लागि ट्रान्सफर्मर जडान हुन नसक्दा बिमारी बिनाको अस्पताल बन्न पुगेको छ ।
यीनै समस्यालाई उठान र केन्द्रिय तथा पूर्व क्षेत्रिय प्रहरी कार्यालयको ध्यानाकर्षण गराउन श्ुक्रबार रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव तथा अस्पतालका लागि करोडौं मुल्य पर्ने सवा दुई विगहा जग्गा दान गर्ने दाता जोगेन्द्र भगतले संयुक्त रुपमा अस्पताल परिसरमै पत्रकार सम्मेलनको आयोजना गरि अस्पतालको अवस्था बारे जानकारी दिएका छन् ।
आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा संचारकर्मीहरु पुग्दा शुनसान रहेको अस्पतालका शय्या चहार्दै बिरामी खोजी गर्न थाले तर अस्पतालका सबै १३ वटै शय्या खाली देखिए ।
पत्रकार सम्मेलनमा बिरामी नभएको कारण खुलाउँदै रुपनी गाउँपालिकाका अध्यक्ष यादवले अस्पताल उद्घाटन भएकै दिनदेखी विद्युत उपभोगका लागि ट्रान्सफर्मर जडानका लागि केन्द्रिय प्रहरी र क्षेत्रिय प्रहरी कार्यालयमा पटक पटक आग्रह गरियो तर, आश्वासन बाहेक केही नपाएको बताए ।
उनले अस्पताल संचालनको जिम्मा लिँदै पूर्व क्षेत्रिय प्रहरी अस्पताल नामांकरण गरिए पनि प्रहरीको माथिल्लो निकायले यसलाई व्यवस्थित गर्न खासै चासो नदेखाएको गुनासो पनि उनले पोखे । १३ शय्याको अस्पतालमा दुई चिकित्सक, एक नर्स, ६ अहेब, एक अनमी, एक ल्याब असिस्टेन्ट, एक डेन्टल असिस्टेन्ट र एक जना रेडियोोजिष्ट सहायक गरि १३ जना जनशक्ति उपलब्ध छन् । त्यस्तै अस्पतालमा डिजिटल एक्सरे मेसिन, भिडियो एक्सरे, डेन्टल चेयर, आकस्मिक कक्ष लगायतका सेवा पनि उपलब्ध छ । तर, विद्युतकै अभावका कारण स्वास्थ्यकर्मीहरु बेकामै र उपकरणहरु प्रयोगबिहीन बनेको छ । अध्यक्ष यादवले प्रहरी निकायबाट अस्पताल संचालनका लागि उद्घाटन पश्चात् एक रुँपैया पनि बजेट नआएको सुनाए ।
प्रहरी निकायबाट सहयोग नपाएपछि ट्रान्सफर्मर जडानका लागि गाउँपरिषदबाट दुई लाख ५० हजार रुँपैया बजेट पास गरि नेपाल विद्युत प्राधिकरण शाखा राजविराजको खातामा जम्मा गरि सकिए पनि तीन फेजको तार जडान तथा अन्य खर्चका लागि समेत प्रहरी निकायले कुनै सहयोग र चासो नदेखाएको उनको भनाई छ ।
यस्तै पत्रकार सम्मेलनमा अस्पतालका जग्गा दाता जोगेन्द्र भगतले प्रहरी निकायको उदासिनताले आफूलाई पछुतो र निरास बनाएको बताए । यहाँका जनताले स्वास्थ्य सेवा पाउला ठानेर करोडौं मुल्य पर्ने जग्गा दान गरियो, निकै उत्साहका साथ प्रहरीलाई हस्तान्तरण पनि गरियो, तर, अहिले अस्पतालको अवस्था हेरेर रुन मन लागेको उनले भने ।
पूर्व पश्चिम लोक मार्गको नजिकै रहेको अस्पतालमा प्रहरी र सर्वसाधारणको समेत उपचार हुने उद्देश्य रहेता पनि उद्घाटन पछि यसरी लथालिङ्ग बन्दा स्थानियवासी समेत निरास भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ