News Category 2075/02/12
निशुल्क स्वास्थ्य शिविरबाट गरिब, विपन्न जनता लाभान्वित
दैनिक समाचारदाता
राजविराज, ११ जेठ ।
सप्तरीको रुपनी गाउँपालिकाको सहयोग तथा छिन्नमस्ता विकास सेवाको आयोजनामा शुक्रबार स्त्री तथा प्रसुती रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो शिविरको उद्घाटन गर्दै राजपाका महासचिव एवं प्रदेश सभा सदस्य मनिष कुमार सुमनले ग्रामिण भेगका गरिब, विपन्न जनताहरुले स्वास्थ्य शिविरबाट लाभान्वित हुने विश्वास व्यक्त गरे ।
आर्थिक अभावका कारण रोगको उपचार गर्न नसकेका गरिब, विपन्न परिवारहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त शिविरबाट ४ सय ९० जनाले स्वास्थ्य सेवा लिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
शिविरमा बिराट मेडिकल कलेजबाट आएका डा. अमित देव, डा. सृष्टि थापा, डा. रोजिना सेडाही, डा. दिपेन्द्र खनाल लगायत चिकित्सकद्वारा ४ सय ९० जना रोगीको निशुल्क उपचार गरेको अध्यक्ष यादवले बताए ।
शिविरमा पाठेघर सम्बन्धी समस्याबाट ग्रस्त फेला परेका ६९ जना जटिल रोगीलाई बिराट मेडिकल कलेज लगि निशुल्क उपचारको व्यवस्था मिलाउने तयारी गरिएको कलेजका मार्केटिङ डायरेक्टर सुनिल देवले जानकारी दिए ।
शिविरमा उपचारसँगै भिडियो एक्सरे र जाँच सेवा तथा औषधीहरु समेत निशुल्क बितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ