News Category 2075/02/13
नेपालमा रेल बिस्तार कार्यलाई भारत सरकारको विशेष महत्व ः राजदुत पुरी
राजविराज÷नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरीले नेपालमा रेल बिस्तार कार्यलाई भारत सरकारले विशेष महत्व दिएको बताएका छन् ।
जेपी लोहिया रामेश्वर मेमोरियल ट्रष्ट तिलाठी–कोइलाडी सप्तरीद्वारा हनुमाननगर जेल ब्रेक काण्डको ७५ औं स्मृति दिवसको अवसर पारेर शनिबार राजविराजमा आयोजित “नेपालको प्रजातान्त्रिक संघर्षमा लोक नायक जयप्रकाश नारायणको योगदान” विषयक विचार गोष्ठिमा उनले सो कुरा बताएका हुन् ।
राजदुत पुरीले नेपाललाई भारतको रेलवे लाइनसँग जोड्न सकिए दुबै देशलाई लाभ पुग्ने बताउँदै नेपाल भारतको रेलवे संजालमा जोडिए पछि आयात निर्यात व्यापार सहज हुने तथा ढुवानी खर्च पनि कम लाग्ने र सस्तो दरमा उपभोक्ताले सामान खरीद गर्न पाउदा दुबै देशलाई फाइदा पुग्ने जिकिर गरे ।
उनले बिराटनगर, जयनगर र जनकपुर लगायतका स्थानलाई रेलवे लाइनसँग जोड्ने काम भइरहेको जानकारी दिँदै अन्य स्थानलाई पनि रेलवे लाइनसँग जोड्ने गरि दुबै देश अघि बढेको उल्लेख गरे ।
भारतीय स्वतन्त्रता संग्राम, नेपालको प्रजातान्त्रिक आन्दोलन र हनुमाननगर जेल ब्रेक घटनालाई स्वर्णिम घटनाको संज्ञा दिँदै उनले ती सबै घटनाले नेपाल र भारतको उपल्लो तहमा मात्र नभई जनस्तरबाट पनि आपसी सम्बन्ध अझ प्रगाढ बनाएको बताए । नेपाल र भारत बीच सदिऔंदेखी मित्रवत सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले नेपालको सबै क्षेत्रको विकासमा भारत सरकारले आगामी दिनमा पनि सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता पनि जनाए । त्यस्तै भारतीय सहयोगमा जिल्लामा निर्माण गरिएका अधुरो योजना अविलम्ब पुरा हुने उनले आश्वासन दिए ।
आयोजक ट्रष्टका अध्यक्ष एवं वरिष्ठ कानुन व्यवसायी हिम्मत सिंहद्वारा संचालित कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमन, पूर्वमन्त्री मिथिला चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, पत्रकार चन्द्रकिशोर, नेविसंघका पूर्व सभापति देवेन्द्र नेपाली लगायतले हनुमानगर जेल ब्रेक काण्डको स्मरण गर्दै उक्त ऐतिहासिक घटनाले दुबै देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाएको बताए ।
सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमन, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले सप्तरीमा मेडिकल कलेज र कृषि विश्वविद्यालयको स्थापना, सीमा क्षेत्र कुनौलीसम्म रेलवे हेड निर्माण, खाँडो नदी नियन्त्रण लगायतका विषयमा पहल गर्न राजदुत पुरीको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच कार्यक्रममा राजदुत पुरीलाई राजविराज नगरपालिका, जिल्ला समन्वय समिति तथा नेपाल भारत मैत्री युवासंघद्वारा दोसल्ला र अभिनन्दन पत्रबाट सम्मान गरिएको थियो । त्यस्तै हनुमाननगर जेल ब्रेक काण्डका सहिद परिवारलाई राजदुत पुरीले सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ