News Category 2075/02/16
सनराइज बैंकद्वारा ग्राहकलाई स्वास्थ्य वीमाको रकम प्रदान
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
सनराइज बैंक लिमिटेड शाखा राजविराजले स्वास्थ्य वीमा योजना अन्तरगत आफ्नो एक ग्राहकलाई स्वास्थ्य विमा रकम प्रदान गरेको छ । बैंकले स्वास्थ्य वीमा संचालन गरेको अढाई महिनाको अवधीमा पहिलो पटक सो वीमा रकम प्रदान गरेको हो ।
बैंकको कार्यकक्षमा मंगलबार आयोजित एक कार्यक्रममा शाखा प्रबन्धक रोहित कुमार महासेठले एक महिनाअघि सवारी दुर्घटनामा परेका राजविराज १ निवासी रामअवतार यादवलाई स्वास्थ्य विमा योजना अन्तरगत उपचार गरे वापतको ४२ हजार १ सय ११ रुँपैयाको चेक हस्तान्तरण गरेका हुन् ।
२०७५ चैत्र १ गतेदेखी बैंकले आफ्नो ग्राहकको सुरक्षाका लागि ल्याएको स्वास्थ्य विमा योजना अन्तरगत सो लाभ उठाउने यादव पहिलो ग्राहक बनेका हुन् ।
‘ग्राहकको खातामा भएको रकमको सालभरिको औषत बचतको २५ प्रतिशतसम्म वा बिल एमाउन्ट अनुसार स्वास्थ्य उपचार बीमा दिने नयाँ ब्यवस्था लागु भएको छ’, सनराईजको राजविराज शाखा प्रबन्धक महासेठले भने, ‘यो दुवै मध्ये जो बढी हुन्छ, त्यस अनुसार ग्राहकले स्वास्थ्य उपचार बीमा वापत पाउनेछ ।’ तर, बैंकले यस्तो सुविधा एक लाख नबढ्ने गरी सिमितता लागु गरेको छ ।
हरेक बचतकर्तालाई सुरक्षा प्रदान गर्ने उद्देश्यले बैंकले स्वास्थ्य विमा र दुर्घटना वीमा लगायतको योजना अघि सारेको उनको भनाई छ ।
यस्तै दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तबरले व्यक्ति असक्त भएमा ५ लाख रुँपैया नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न पाउने व्यवस्था रहेको उनले जानकारी दिए । हाल बैंकको राजविराज शाखामा १७ हजार भन्दा बढी बचत खाताधारी रहेको छ ।
साथै बैंकले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।
त्यस्तै बैंकले एटिएमबाट रकम निकाल्ने ग्राहकको चाप बढेपछि सुविधाका लागि थप एउटा एटिएम मेशिन समेत संचालनमा ल्याएको छ भने नगर क्षेत्रको होटल स्टार डिलक्स, होटल न्यू स्टार, हुमा जेनरल स्टोर र मिलन डेरी उद्योगमा पोस मेशिन सेवा समेत बिस्तार गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ