News Category 2075/02/20
दुःखीलाई दिनहुँ भोजन
राजविराज÷ईस्लाम धर्मावलम्विहरुको महान पर्व रमजानको अवसरमा सप्तरीको विभिन्न स्थानमा एक मुस्लिम संस्थाले गरिव, असहाय, वृद्धवृद्धा, एकल महिला, अपांग परिवारलाई दिनहुँ मिष्ठान भोजन खुवाउने गरेका छन् ।
राजविराजस्थित नेपाल मुस्लिम वेलफेयर एजुकेशनल सोसाईटीको आयोजना र नेपालस्थित युएई राजदुतावासको आर्थिक सहयोगमा उनीहरुको निःशुल्क भोजनको ब्यवस्था मिलाईएको हो ।
यो क्रम रोजा अवधिभर जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकामा चलिरहने आयोजक संस्थाका महासचिव इर्साद अन्सारीले वताए । उक्त सहयोग युएईका समाजसेवी सेख जायदले दुतावास मार्फत उपलब्ध गराएको उनको भनाई छ ।
मुस्लिम समुदायले निकै महत्वका साथ मनाउने महान पर्व रमजान मनाउन आर्थिक अवस्था कमजोर भएकालाई पनि कुनै समस्या नहोस भन्ने उदेश्यले गरिव, असहाय, वृद्धवृद्धा, एकल महिला, अपांग, दलित, विपन्न परिवारलाई निशुल्क भोजनको ब्यवस्था मिलाईएको हो ।
छिन्नमस्ता, कृष्णसवरण गाउँपालिका र राजविराज नगरपालिकाको २ वटा वडामा गरी शनिवारसम्ममा एक हजार ८ सय ५२ जना गरिव असहायलाई भोजन खुवाईसकिएको र वाँकी रहेका स्थनीय तहमा पनि सो कार्य अघि वढ्ेको महासचिव अन्सारीले जानकारी दिए ।
रमजानमा इफतार भोज
राजविराज÷रमजान पर्वको अवसरमा राजविराजका इटा व्यवसायीहरुले शनिबार इफतार पार्टी (भोज) को आयोजना गरेका छन् ।
न्यु चाँद इटा उद्योगका संचालक अमजद अंसारी र हिरो इटा उद्योगका संचालक इजहारुल हक, फिरोज अन्सारी, जसमुद्दिन मियाँ र जुबेर अन्सारीको संयुक्त आयोजनामा स्थानिय नुरीजामा मस्दिमा साँझ ७ बजे सुरु भएको इफतार भोजमा गरिब, असाय, दलित, विपन्न वर्ग, बृद्धबृद्धा, एकल महिला गरि एक हजार बढी सहभागि भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ