News Category 2075/02/24
शहीदको सम्झनामा मलेठमा शहीद स्मारक र गेटको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
राजविराज नगरपालिका वडा नं. ९ मलेठस्थित शहीद चौकमा बुधबार एक कार्यक्रमबीच शहीद स्मारक र गेटको शिलान्यास गरिएको छ ।
राजविराज नगरपालिका वडा नं. ९ का अध्यक्ष शम्भुप्रसाद यादव (लाली)को अध्यक्षत तथा नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमख अतिथि यादवले शहीद स्मारक र गेटको एकैसाथ शिलान्यास गरेका हुन् ।
आयोजित शिलान्यास कार्यक्रममा नगर प्रमुख यादवले २०७३ साल फागुन २३ गते एमालेको कार्यक्रममा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका निहत्था मधेशीमाथी तत्कालिन केन्द्र सरकारको गृहमन्त्रीको आदेशमा प्रहरीले गोली चलाउँदा स्थानिय पाँच जना शहीद भएको स्थानमा शहीदको सम्झनामा स्मारक र गेट निर्माण हुन लागेको बताए । सो घटनामा तीन जना मलेठवासी नै शहीद भएका थिए ।
राजविराज नगरपालिकाको झण्डै ८१ लाखको लागतमा शहीद स्मारक र पार्कको निर्माण हुने कार्य बिहीबारदेखी नै सुरु हुने जानकारी दिँदै सो कार्य ६ महिना भित्रै सम्पन्न हुने उनले जानकारी समेत दिए ।
बि.सं.२०७३ फागुन २३ गते गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा हुँदै गरेको तत्कालिन नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत मधेशी मोर्चा सप्तरीले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागि पाँच जना स्थानियको मृृत्यु भएको थियो ।
सो क्रममा प्रहरीले चलाएको गोलीबाट जिल्लाको जमुनी मधेपुराका इन्द्रदेव यादव, मलेठका सन्जन मेहता, मलेठकै बिरेन्द्र मेहता, मलेठकै पिताम्बरलाल मण्डल र प्रसबनीका आनन्द साहको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ