News Category 2075/02/25
अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयको रुपमा विकसित गर्ने प्रदेश सरकारको लक्ष्य
दैनिक समाचारदाता
जनकपुर, २४ जेठ ।
प्रदेश नं. २ सरकारले आगामी आर्थिक वर्षमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्ने लक्ष्य लिएको छ ।
बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गजेन्द्र नारायण सिंह स्वास्थ्य तथा चिकित्सा विश्वबिद्यालय स्थापना समेत गरिने उल्लेख गरेका छन् । तीन दिनअघि मात्र यो अस्पताल ५० शैययाबाट ३ सय शैययामा परिणत समेत भएको छ ।
यस्तै गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र—राजविराज, सिमरा विशेष आर्थिक क्षेत्र तथा जलेश्वर ढल्केवर औद्योगीक करिडोरको विकास तथा सुदृढिकरण गर्न आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
धनुषाको जानकी मन्दीर, नेमीनाथ र मलीनाथ, धनुषाधाम, सप्तरीको छिन्नमस्ता, ठेलिया दह, सम्भुनाथ, दिनाभद्री र कंकालनी, सिरहाको सलहेश, महादेवमठ, कमला उतराईनी, बाबा ताल, कमलदह, राजदेवी मन्दिर, सर्लाहीको नाढिमन ताल, माहादेव स्थान, मुर्तिया, सती विहुला, नारायणपुर नाजिर मजार, महोत्तरीको मटिहानी स्थान, मडैको मरबा, बनौलीस्थित विद्यापतिको प्रवास स्थान, सोनामाई थान, पड़ौलस्थान, गेउरका, जलेश्वरनाथ र रौजा मजार, बाराको गढीमाई, सिमरौनगढ, झरोखर पोखरी, त्रिवेणी धाम, रौतहटको शिवमन्दीर, पर्साको ऐतिहासिक गहवा माई मन्दिर, पारसनाथ मन्दिर, बिरगंजको भिश्वा डाँडा बौद्ध स्थल, भाठा शिवजी मन्दिर जस्ता ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रबधर्नमा निजी क्षेत्र समेतलाई आकर्षित गरिनेछ ।
त्यस्तै प्रदेशलाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्न यस बर्ष ५० मेगावाट उत्पादन गर्दै क्रमशः आगामी बर्षहरुमा यस्को उत्पादन बृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ ‘सिञ्चाईको लागि सौर्य उर्जाको अधिकतम प्रयोग गरिने नीति लिइने छ ।’
यस्तै जनतामा चेतनामुलक कार्य तथा स्तरीय समाचार प्रवाहका लागि प्रादेशीक रेडियो स्थापना गरिने नीति लिदै पत्रकारितासम्बन्धी अध्ययन अध्यापन समेतको लागि प्रादेशिक स्तरमा पत्रकारिता अध्ययन प्रतिष्ठान स्थापना गरिने जनाइएको छ । संचार क्षेत्रलाई सबलीकरण गर्ने उद्देश्यले प्रदेश छापाखानका समेत स्थापना गरिने उल्लेख छ ।
यता स्वास्थ्य क्षेत्रमा सार्वजनिक, निजी सहभागिता तथा साझेदारीको सम्भावनाको क्षेत्र पहिचान गरिने लक्ष्य लिइएको छ । नारायणी अस्पताल वीरगंजलाई ह्दयरोग उपचारकेन्द्रको रुपमा विकास गरिने छ । जनकपुर अंचल अस्पतालमा ह्दयरोग उपचारको लागि काठमाडौको गंगालाल अस्पतालको युनिट खडा गरी ह्दयरोग सन्दर्भमा अत्याधुनिक उपचारसेवा जनकपुरमै उपलब्ध गराइने छ । प्रादेशीक स्तरमा अर्बुद रोग अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न यसै बर्ष देखि कार्य प्रारम्भ गरिने छ । प्रदेश स्तरीय ट्रमा केन्द्र स्थापना गर्न पहल गरिने छ ।
त्यस्तै प्रदेश सरकारले कृषिमा पनि विशेष कार्यक्रम घोषणा गरेको छ । प्रदेश सहकारी विकास बोर्ड, प्रदेश उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफुल विकास बोर्ड क्रमशः गठन गर्दै जाने नीति लिने उल्लेख गरेको छ ।
प्रदेश २ लाई अन्न भण्डार, तरकारी भण्डार, औद्योगिक बाली, दुध उत्पादन र माछा उत्पादन हुने विशेष प्रदेशको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सामुहिक गाईपालन तथा भैंसीपालनका लागि प्रोत्साहन गर्न न्यून ब्याजदरमा ऋण दिने पनि उल्लेख गरिएको छ ।
प्रदेशलाई हराभरा र स्वच्छ बनाउन हरा भरा स्वच्छ प्रदेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ