News Category 2075/02/25
जिल्लाको औद्योगिक विकास बारेमा सांसद प्याकुरेल र उद्योगी व्यापारीबीच छलफल
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
सप्तरीका उद्योगी व्यवसायीहरुले जिल्लाको औद्योगिक विकास बारे चिन्ता व्यक्त गर्दै अबको दिनमा उद्योग व्यापारलाई कसरी अगाडी बढाउन बारे छलफल गरेका छन् ।
राष्ट्रिय बाणिज्य संघ सप्तरीको आयोजनामा बिहीबार सप्तरी उद्योग बाणिज्य संघमा आयोजित बजेट सम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेल समक्ष उद्योगी व्यापारीहरुले उद्योग व्यापारलाई सप्तरीमा अगाडी बढाउनका लागि विभिन्न सुझावहरु दिएका छन् ।
संघका अध्यक्ष सुरेश कुमार सिंहको अध्यक्षतामा आयोजित छलफलमा वक्ताहरुले जिल्लाको समग्र विकासका लागि उद्योगी व्यापारीहरुले अबको दिनमा तीनै तहका सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष सुरेश कुमार सिंहले मधेश आन्दोलन, बाढी पश्चात्को अवस्थामा समेत व्यापारीहरुले सरकारलाई जसोतसो कर तिरेर पनि आफ्नो उद्योग धन्दालाई निरन्तरता दिएको स्मरण गराउँदै उनले भने, “जिल्लामा साना तथा मझौला व्यापारीहरुलाई सरकारबाट विशेष राहतको प्याकेज आवश्य छ । यहाँ उत्पादन हुने केरा, आप, लिचि लगायतका फलफुलबाट उत्पादन हुने जुस व्यापारले अन्तराष्ट्रिय बजारमा राम्रो पकड बनाउन सक्छ, यसका लागि संघीय सरकारले पहल गर्नपर्छ ।”
त्यस्तै इटा व्यावसायीहरुले जिल्लामा दर्ता नभएका ईटा उद्योगहरुका कारण दर्ता भएका ईटा उद्योगहरुलाई निकै मर्कामा पारिरहेकोले यसको निराकरण गर्न सांसद प्याकुरेललाई आग्रह समेत गरेका छन् ।
यता सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले सप्तरीवासीले विकासको अनूभुति नपाएको भन्दै यसका लागि आवश्यक पहल गर्न आग्रह गरे । उनले जिल्लाको राइस मिलहरुको अवस्था संकटमा परेको भन्दै यसका लागि विशेष योजना ल्याउनु पर्नेमा जोड समेत दिए ।
कार्यक्रममा सांसद प्याकुरेलले उद्योगि व्यापारीहरुको विभिन्न गुनासो, सुझाव, सल्लाहलाई सम्बोधन गर्दै आगामी दिनहरुमा जिल्लाको विकासका लागि आफू कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे । उनले राजविराजमा चाडै नै आन्तरिक राजश्व कार्यालय स्थापना हुने जानकारी दिँदै यसका लागि आन्तरिक गृह कार्य भइरहेको बताए । त्यस्तै कंचनपुरस्थित विद्युत प्राधिकरणको स्तरोन्ती हुने जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ