News Category 2075/02/27
चालु आ.ब.मा सप्तरीबाट झण्डै १३ हजार बिदेशिए
राजविराज÷सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षमा जिल्लाबाट झण्डै १३ हजार व्यक्ति वैदेशिक रोजगारीमा गएको सप्तरी सामुदायिक विकास केन्द्रद्वारा संचालित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा रहेको छ । यसअघि सप्तरी सातौं स्थानमा रहेको थियो ।
सूचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलका अनुसार आव २०६८÷०६९ देखि आव ०७३÷०७४ सम्म जिल्लाबाट ७७ हजार ५०४ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा बढी मलेशियामा ३३ हजार २५२ जना गएका छन् भने कतारमा १७ हजार ३९, साउदी अरबमा १६ हजार ६८१, युएईमा दुई हजार ७९७, कुवेतमा एक हजार ९४२, बहराईनमा १६४, जोड्नमा १९६ र अन्य मुलुकमा दुई हजार ४५९ जना वैदेशिक रोजगारीमा गएको उनले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै एजेन्टबाट ठगी हुनेको संख्या पनि जिल्लामा अत्यधिक रहेको केन्द्रले जनाएको छ । आव २०७१÷७२ देखि हालसम्मको अवधिमा एक हजार ३८९ जना आफू ठगिएको भनी केन्द्रमा निवेदन दिएको उनले बताए ।
केन्द्रको तथ्याँक अनुसार, राहदानी र पैसालिएर एजेन्ट सम्पर्कविहीन भएको घटनामा ९० जना, फरक काम देखाएर ठगिनेमा ८० जना, स्वास्थ्य परीक्षण गर्दा स्वदेशमा पास र रोजगारीमा गएको मुलुकमा फेल हुनेमा २० जना, पासपोर्ट लिएर लामो समयसम्म नउडाएर १६ जना कामदारले आफू ठगी गरेको आरोपमा निवेदन दिएका छन् ।
स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीयस्तरमा छलफलका माध्यमबाट ती मध्ये ८ सय १८ वटा समस्या समाधान गरिएको र अन्य घटना समाधानको प्रक्रियामा रहेको पनि संयोजक मण्डलले जानकारी दिए ।
यता विदेश जानु पूर्व विभिन्न सीप सिकेर तथा सही सूचना लिएर मात्र बैदेशिक रोजगारमा जानका लागि अहिले जिल्लाको विभिन्न स्थानिय तहलाई समन्वय गर्न संस्थाले पहल गर्न थालेको संस्थाका अध्यक्ष शम्ुभनन्द चौधरीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ