News Category 2075/02/31
ससुराली आएका यूवकको ससुरा र श्रीमतीको कुटाईबाट मृत्यु, पत्नि, ससुरा र सालो प्रहरी हिरासतमा
दैनिक समाचारदाता
राजविराज, ३० जेठ ।
ससुराली आएका यूवकको आफ्नै श्रीमती र ससुराको कुटाइबाट मृत्यु भएको छ । राजविराज ९ मलेठस्थित सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ९ निवासी ३० वर्षीय जितेन्द्र मण्डलको मृत्यु भएको हो ।
हत्याको आरोपमा प्रहरीले मृतकका कान्छि श्रीमती अन्जना साह र ससुरा रामदयाल साह सहित तीन जनालाई बुधवार विहान पक्राउ गरेको छ ।
स्थानीयका अनुसार मंगलवार राती १० बजे मदिरा सेवन गरी ससुराली पुगेका मण्डलसँग पत्नी अन्जना र ससुरा रामदयालबीच निकै विवाद चर्किएको थियो । सोही क्रममा लाठ्ठी र मुक्काले अण्डकोषमा हिर्काएका थिए । राती १०ः३० बजे तीर घर अगाडी कै सडक किनारमा बेहोश अवस्थामा फेला परेका उनलाई प्रहरीले उपचारका लागी स्थानीय गजेन्द्रनारायण सिह सगरमाथा अंचल अस्पताल पु¥याएको थियो जहा चिकित्सकले मृत घोषित गरेका थिए ।
चिकित्सकका अनुसार अण्डकोषमा गहिरो प्रहार गरिएकाले उनको मृत्यु भएको प्राम्भीक कारण देखाएको छ । पक्राउ परेकाहरुले अत्याधिक मदिरा सेवन गरेर झगडा गर्ने खोजपछि रिसमा तर्साउनलाई मात्र सामान्य कुटपिट गरेको बताएका छन् ।
“शूरुमा अत्याधिक मदिरा सेवनबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको थियो”, प्रहरी उपरिक्षक मुकेश सिहले भने, “तर चिकित्सकले अण्डकोषमा गहिरो प्रहारबाट मृत्यु भएको देखिएको बताएपछि अनुसन्धानका लागी मृतक मण्डलका ससुरा, पत्नि र सालोलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेका छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ