News Category 2075/03/01
भजिताबाट निर्घात कुटिइन एकल महिला
दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
एक एकल महिला आप्mनै सहदोर भतिजाबाट निर्घात कुटिएकिछिन । अवैध सम्बन्ध कायम गर्न राखेको प्रस्ताव अस्विकार गर्दा उनी कुटिएकी हुन् ।
राजविराज नगरपालिका ७ खर्साल टोल निवासी २५ वर्षीय नविन मण्डलले अबैध सम्बन्धका लागि राखेको प्रस्ताब अस्विकार गर्दा ३५ वर्षीया सुनिता मण्डल कुटिएकी हुन् ।
कुटपिटबाट घाइते सु्निताको प्रहरीले उद्धार गरी स्थानीय गजेन्द्र नरायण सिह अंचल अस्पतालमा उपचार गराएका छन । उनको टाउको, घाँटी, कम्मर र कानमा चोट लागेको छ । देब्रे कानमा भने २ वटा टाका लगाइएको छ ।
पीडित महिलाले भतिजा मण्डल विरुद्ध बिहीबार उजुरी दिएको बताइएकी छिन । बुधवार राती १०ः३० बजे अत्यधिक मदिरा सेवन गरेर आएका भजिता मण्डलले कोठामा आफुलाई एक्लै हेरेपछि कोठा बन्द गरी अवैध सम्बन्ध कायम गर्न प्रस्ताब र दवाव दिएको उनले दिएको उजुरीमा उल्लेख गरेकी छिन् । प्रस्ताब अस्विकार गर्दा भजिता मण्डलले बल प्रयोगको र प्रतिकार गरेपछि मरनासन्न हुने गरी कुटपिट गरेको उनले उल्लेख गरेकी छिन् ।
घटनाका वेला सासु र ससुरा पनि घर मै थिए । हल्ला सुनेर आएका उनीहरुलाई पनि मण्डलले धम्क्याएको सुनिताले सुनाईन । घटनाको खबर पाए लगतै पुगेको प्रहरी टोलीले मण्डललाई घरबाटै पक्राउ गरेको छ । घटनाका आरोपीलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सुनितको पतिको ८ वर्ष अघि सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । एक्लो भएको मौका छोपी यस अघि पनि भतिजा मण्डलले यौन सम्बन्धको प्रयास गरेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ