News Category 2075/03/02
विद्युत चोरी गर्दा गर्दै वडा अध्यक्ष र उनका प्रत्यासी समेत पक्राउ
दैनिक समाचारदाता
राजविराज, १ असार ।
अत्याधिक मात्रामा विद्युत चोरी भएको भन्दै अहिले सप्तरीमा हुकिङ गरि विद्युत चोरी गर्नेहरुलाई अभियान नै चलाएर धमाधम पक्राउ गर्न थालिएको छ ।
यसैबीच जिल्लाको तिरहुत गाउँपालिकामा शुक्रबार एक वडा अध्यक्ष र उनका प्रत्यासीसहित ११ जना पक्राउ परेका छन् ।
तिरहुत गाउँपालिका ५ लोहजाराका वडा अध्यक्ष रमानन्द चौधरी र निर्वाचनमा उनीसँग पराजित भएका प्रत्यासी सिताराम कुसियौत हुकिङ लगाएर विद्युत चोरी गर्दा गर्दै पक्राउ परेका हुन् ।
उनीहरुसँगै पक्राउ परेका सोही वडाका फुल नारायण मेहता, सिताराम यादव, देवनारायण चौधरी, सत्यनारायण चौधरी, रामचन्द्र यादव, अमिरकान्त चौधरी, जयनारायण यादव र रामप्रसाद यादव लगायत रहेका छन् ।
स्थानियका अनुसार वडा अध्यक्ष चौधरीले पानी तान्ने मोटर चलाउनका लागि शुक्रबार बिहान विद्युत प्रभाव हुने पोलबाट गएको ११ हजार भोल्ट तारबाट सिधै हुकिङ गरिरहेको अवस्थामा विद्युत प्रकाधिकरण र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु सबैले शुक्रबारै १५ हजार ५ सय २ रुँपैयाको दरले राजश्व रकम बुझाएर रिहा भएका छन् ।
यसैबीच सो सम्बन्धमा तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहरखेरले जनप्रतिनिधिहरु नै विद्युत चोरी कार्यमा संलग्न भएको घटनाले आफूलाई निकै दुःखी बनाएको बताए । अध्यक्ष बहरखेरले वडा नं. ५ का अध्यक्ष चौधरी आफैले वडामा विद्युत जडान गर्ने शिर्षकमा १० लाख रकम छुट्याएको समेत जानकारी दिए ।
“जनप्रतिनिधिले विद्युत चोरी नियन्त्रण कार्यलाई निरुत्साहित गर्नु पर्नेमा उल्टै सो कार्यमा संलग्न भएको थाहा पाएपछि अब उपरान्त विद्युत चोरी नियन्त्रण कार्यलाई सहयोग गर्न सबै जनप्रतिनिधिहरुलाई कडा निर्देशन दिनेछु ।” उनले भने, “गाउँपालिकाबाट पक्राउ परेका ११ जनाहरुले १५ हजार ५ सय २ रुँपैयाको दरले १ लाख ७० हजार ५ सय २२ रुपैया राजश्व समेत बुझाए र सिंगो गाउँपालिकाको बदनामी समेत भयो । यदी सो रकम वडाको कुनै विकासीय कार्यमा लगाएको भए एउटा सहनिय कार्य हुने थियो ।”
यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका ५ बाट ११ र आसपासका स्थानहरुबाट १० जना गरि २१ जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरण राजविराजका प्रमुख चन्द्रनारायण साहले बताए ।
पक्राउ परेका उनीहरूको साथबाट दुई थान पानी तान्ने मोटर, दुई थान एलएडी टेलिभिजन एक थान पङ्खालगायतका सामान बरामद गरिएको प्रमुख साहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ