News Category 2075/03/02
गृहको सूचना तत्काल फिर्ता गर्न माँग गर्दै गैससले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १ असार ।
गैरसरकारी संस्थाहरुले गृह मन्त्रालयले संघ संस्थाहरुलाई नियन्त्रण गर्ने अभिप्रायले जारी गरेको सूचना प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
गैसस महासंघ नेपाल सप्तरी शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत संस्थाहरुको कार्यक्षेत्र नियन्त्रित गर्ने, संस्थाहरुको खारेजी गर्ने तथा अनुपयुक्त समयमा नविकरण गराउने जस्ता परिपत्रले स्वतःस्फूर्त रुपमा सामाजिक सेवामा कृयाशिल रहेका आधारभूत तहका संस्थाहरु बन्द गर्ने नियत रहेको भन्दै प्रधानमन्त्रीलाई सो सूचना सच्याउन माँग गर्दै सो ज्ञापन पत्र बुझाएको हो ।
गैससका जिल्ला अध्यक्ष शम्भुनन्द चौधरी र कार्यवाहक सचिव बलदेव मण्डलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मुलुकको समृद्धिमा वृहत्तर साझेदारी र योगदान गर्न सक्ने नागरिक संस्थाहरुको मौलिक स्वतन्त्रतालाई संकुचन गर्ने प्रकृृतिको उक्त निर्णयले लोकतन्त्रका आधारभूत मान्यता माथी नै प्रश्नचिन्ह खडा गरेको उल्लेख छ ।
नेपालको लोकतान्त्रीक आन्दोलनमा मानव अधिकारको रक्षा, समाजमा व्याप्त असमानता, कुरीति कुसंस्कार तथा अनियमितताको अन्त्य, सचेतना निर्माण तथा मुलुकको सर्वाङ्गिण विकासका लागि नेपालका नागरिक संगठनहरुको महत्वपूर्ण भूमिका र योगदान रहँदै आएको कुरा ज्ञापन पत्रमा स्मरण समेत गराइएको छ ।
यस्तै ज्ञापन पत्रमा संघ संस्थाहरुले मुलुकको समृद्धिका लागि योगदान गरेको सकारात्मक पक्षहरुलाई नजर अन्दाज गर्दे गृह मन्त्रालयबाट जारी भएको परिपत्र मानवअधिकारका मौलिक सिद्धान्तहरु, व्यक्तिको संगठित हुन पाउने नैसर्गिक अधिकार, नेपालले प्रतिवद्धता जनाएका अन्तर्राष्टिय महासन्धीहरु तथा नेपालको सविधानको मौलिक हकको धारा १७ अन्तर्गतको संघ संस्था खोल्ने स्वतन्त्रताको विरुद्धमा रहेको ठहर गरिएको छ ।
साथै ज्ञापनमा गृह मन्त्रालयको यस्ता प्रवृतिप्रति खेद प्रकट गर्दै भनिएको छ, “नागरिकका मौलिक हक र अधिकारको सम्मान गर्दै, आफूले प्रतिवद्धता जनाएका अन्तर्राष्ट्रिय मूल्य मान्यताको सम्मान र नागरिक संगठनहरुको स्वतन्त्रताको सुनिश्चित गर्नका लागि उक्त सूचना तत्काल फिर्ता गर्न हामी नागरिक संस्थाहरुको तर्फबाट ज्ञापन पत्र पेश गर्दछौँ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ