News Category 2075/03/02
नीजि विद्यालय अपगे्रड र अनुमतिका लागी ६४ हजार रकम मागेको आरोप
दैनिक समाचारदाता
राजविराज, १ असार ।
सप्तरीको कंचनरुप नगरपालिका क्षेत्रमा संचालनमा रहेको नीजि तथा संस्थागत विद्यालयका संचालकहरुले विद्यालय अपग्रेड र अनुमतिका लागि रकम मागेको आरोप लगाएका छन् ।
अनुमति र अपग्रेड गर्न श्रोत व्यक्ती तथा कंचनरुप नगरपालिकाका शिक्षा फाँटका प्रमुख दामोदर ठाकुरले ठुलो रकम माग गरेको उनीहरुले आरोप लगाएका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कंचनरुप नगर स्तरिय नीजि तथा संस्थागत विद्यालयहरुको संगठनका संयोजक श्यामाननद चौधरीले सवै मापदण्ड पुरा गरेपनि अनुमति र अपग्रेड दिन ढिलाई गर्दा आफूहरु मारमा परेको वताए ।
विगतमा शिक्षा कार्यालय र हाल स्थानीय तहमा अधिकार प्रत्यायोजि गरिएपछि कंचनरुप नगरपालिकामा समेत मापदण्ड पु¥याएर अनुमित र अपग्रेड माग्न जादा झुलाउने गरेको उनले गुनासो पोखे ।
त्यस्तै संगठनका सदस्य प्रकाश दासले श्रोत व्यक्ति एवं नगरपाकिाको शिक्षा फाटका प्रमुख दामोदर ठाकुरले अनुमति र अपग्रेडका लागी ६४ हजार रुपैया घुस मागेको आरोप लगाए । उनले नाम चलेका केहीठुला नीजि तथा संस्थागत विद्यालय संग मिलेर ठाकुरले नयाँ खुलेका साना नीजि तथा संस्थागत विद्यालय बन्द गराउने प्रपञ्च रचिरहेको आरोप पनि लगाए ।
हाल सो नगरपाकिलाका क्षेत्र भित्र अनुमति पाएर अपग्रेड हुन बाँकी विद्यालयको संख्या १७ छ । त्यस्तै लामो समय देखि संचालनमा रहेपनि पैसा र पहुच नपुग्दा अनुमती पाउन नसकेका विद्यालयको संख्या १३ रहेको दासले जानकारी दिए ।
नगरक्षेत्र भित्र संचालनमा रहेका अनुमति प्राप्त तथा अनुमति प्राप्त गर्ने क्रममा रहेका संस्थागत विद्यालयलाई (मापदण्ड पुरा गरेका) २०७४ चैत्रमसान्त भित्रै थप कक्षा संचालन अनुमति दिइ सक्नु पर्ने हो, तर अहिले २०७५ लागी सकदा पनि नगरपालिकाले शिक्षा समितिसमेत गठन गर्न सकेको छैन, दासले भने, यहाँ अदालतको आदेशको पनि अवज्ञा गर्ने काम भएको छ ।
अनुमति र अपग्रेड दुवै विषयलाई लिएर यस अघि सो संगठनले २०६९ सालमा पुनरावेदन अदालत राजविराजमा जिल्ला शिक्षा कार्यालयलाई विपक्षी बनाउँदै रिट निवेदन समेत दायर गरेका थिए । रिट उपरको सुनुवाईमा अदालतले आफुहरुको पक्षमा फैसला पनि गर्यो, दासले भने, तर अझ सम्म अदालतको आदेश पनि कार्यालयमा हुन सकेन ।
हाल नयाँ अनुमति तथा कक्षा थपको अनुमति दिने सम्पूर्ण जिम्मेवारी स्थायीय निकायलाई दिइएकाले प्रकृया पुरा गरि सकेका विद्यालयको हकमा न्याय हुनु पर्ने आफूहरुको एकल माग रहेको पत्रकार सम्मेलनमा विद्यालयका संचालकहरुले बताएका छन् ।
यता श्रोत व्यक्ति दामोदर ठाकुरले रकम मागेको कुरा अश्विकार गरेका छन् । उनले मापदण्ड पुरा नभएकाले केही विद्यालयले अनुमति पाउन र केहीले अपग्रेड पाउन नसकेको स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ